तेस्रो टी–२० मेयर कप क्रिकेट प्रतियोगिता, पोखरिया नपा र विन्ध्यवासिनी गापा विजयी

0

प्रस, पोखरिया, ८ मङ्सिर/

पोखरिया युवा समाजद्वारा पोखरियाको शेरा खेलमैदानमा जारी तेस्रो टी–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न दुईवटा खेलमा पोखरिया नगरपालिका र विन्ध्यवासिनी गाउँपालिका विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा टस जितेर पोखरिया नगरपालिकाले ब्याटिङ गर्दै १६ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो । प्रतिउत्तरमा धोबिनी गापा १३ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा सीमित भएर पराजय भोगेको थियो । यो खेलको ‘म्यान अफ दी म्याच’ पोखरियाका विकास दास भएको पोखरिया युवा समाजका सदस्य राकेश महतोले बताए ।

दोस्रो खेलमा विन्ध्यवासिनी गापा विजयी भयो । टस जितेर ब्याटिङ गरेको विन्ध्यवासिनीले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । प्रतिउत्तरमा सखुवाप्रसौनी गापाले सबै विकेट गुमाएर १३१ रन मात्र जोड्न सक्यो । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ भीम चौहान घोषित भए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here