शाक्यले थप तीनजनाको घर बनाउने

0

प्रस, सेढवा, ८ मङ्सिर/

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अनजान शाक्यले व्यक्तिगत लगानीबाट थप तीन अतिविपन्न परिवारको घर निर्माण गर्ने घोषणा गरेका छन् ।

जीराभवानी गाउँपालिका–४ सुपौलीका बद्री महरा चमार, ज्यूत महरा चमार र एकल महिला सोनिया देवीको घर बनाउने शाक्यले बुधवार घोषणा गरेका हुन् । उनले चमारद्वय र सोनिया देवीका लागि अर्धपक्की दुई कोठे घर निर्माण गर्ने बताए । शाक्यले बिहीवारदेखि नै भवन निर्माणका काम शुरू गराउने आश्वासन दिए ।

आज उनले तीनैजनाको आर्थिक अवस्थाका बारेमा जानकारी लिएपछि सो कुराको उद्घोष गरेका हुन् । उनले घर बनाउने घोषणासँगै निर्माण सामग्रीको पनि व्यवस्थापन शुरू गरेका छन् । घर निर्माणमा प्रयोग हुने ब्लक इँटा खसालेर अन्य निर्माण सामग्री भोलिदेखि खसाल्ने र छिटोभन्दा छिटो घर निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जाहेर गरे ।

यसअघि शाक्यले जीराभवानी गापा–२ सेढवाका अग्निपीडितका लागि घर निर्माण गरेका थिए। हालै लागेको आगलागीबाट घरबारविहीन भएका परिवारका लागि उनले घर बनाउने कार्य अहिले जारी छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here