दुर्घटनाबाट ४६ जनाको मृत्यु, तीन दिने शोक घोषणा

0

स्कोपजे, ८ मङ्सिर/सिन्ह्वा

उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मङ्गलवार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बस दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बिटिएले जनाएको छ । उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि छन् ।

दुर्घटनामा परेर जलेका सातजनाको उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ । मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिक निकै स्तब्ध भएका छन् । यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरू जलेका बताएका छन् ।

सोफियाबाट करीब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समयानुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन । यहाँको सरकारले मङ्गलवारदेखि नै तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । यो तीन दिनसम्म देशभित्र र उसका विश्वमा रहेका दूतावासहरूमा पनि कुनै औपचारिक कार्यक्रम नगरिने जनाइएको छ । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here