इन्डोनेशिया विश्वमैं सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या भएको देश हो । विश्वका १२.७ प्रतिशत मुस्लिम यहाँ बस्छन् । इन्डोनेशियापछि पाकिस्तानमा ११ प्रतिशत मुसलमान बस्छन् । भगवान् रामलाई हिन्दू धर्मावलम्बीहरूले मात्रै मान्ने विश्वास गरिन्छ तर विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या भएको देश भएपनि इन्डोनेशियामा अधिकांश मानिस भगवान् रामका भक्त छन् ।
यो एकदमै सत्य हो कि इन्डोनेशियाका अधिकांश मानिस भगवान् रामका भक्त हुन् र उनको पूजा गर्छन् । मुस्लिमबहुल देश भएपनि इन्डोनेशियाको अधिकांश जनसङ्ख्याले भगवान् राममा आस्था राख्छ र भगवान् रामलाई आफ्नो नायक मान्छ । र रामायणलाई यो देशमा महŒवपूर्ण पुस्तक मानिन्छ ।
इन्डोनेशियाका अधिकांश मानिस रामायणलाई आफ्नो हृदयको सबैभन्दा नजीक मान्छन् । यहाँ रामकथालाई काकविन रामायण वा ककनिन रामायण भनिन्छ । तर जहाँ एकातिर विश्वमा रामायणका रचयिता महर्षि वाल्मीकिलाई मानिन्छ । इन्डोनेशियामा ककनिन रामायणका लेखक कवि योगेश्वरलाई मानिन्छ । यहाँ ककनिन रामायण एक विशाल ग्रन्थ हो । इन्डोनेशियाको ककनिन रामायणमा २६ अध्याय छ ।
ककनिन रामायणमा भगवान् रामका पिताको नाम दशरथ होइन, विश्वरञ्जन हो । इन्डोनेशियाको रामायण, भगवान् रामको जन्मसँगै शुरू हुन्छ । त्यसैगरी, विश्वामित्रसँगै भगवान् राम र लक्ष्मणको वन प्रस्थानमा ऋषिमुनिहरूले मङ्गलाचरण गरेका छन् । ककनिन रामायणका अनुसार इन्डोनेशियाली वाद्य ‘गमलान’ भगवान् रामको जन्मको बेला बजाइएको हो।
२३ करोड मुस्लिम जनसङ्ख्या भएको देश इन्डोनेशियाको सरकारले सन् १९७३ मा अन्तर्राष्ट्रिय रामायण सम्मेलनको आयोजना गरेको थियो । यस सम्मेलनको विश्वभर धेरै चर्चा भएको थियो। किनभने यो आफैंमा अनौठो घटना थियो । आफूलाई मुस्लिम राष्ट्र घोषणा गर्ने देशले अर्को धर्मको धर्मग्रन्थको सम्मानमा यति ठूलो कार्यक्रम आयोजना गरेको यो संसारमैं पहिलोपटक हो।
इन्डोनेशिया र वाल्मीकिको रामायणमा यो पनि विशेष भिन्नता छ कि जहाँ रामको जन्म भारतको अयोध्यामा भएको थियो, त्यहीं इन्डोनेशियाका रामको नगरलाई ‘योगा’ भनिन्छ । आज पनि इन्डोनेशियामा रामायणको उत्तिकै गहिरो प्रभाव छ । देशका अधिकांश क्षेत्रमा ककनिन रामायणका अवशेष र ढुङ्गामा रामकथाको चित्र कोरिएको सजिलै पाउन सकिन्छ ।