जाडोमा कम पानी पिउने बानी छ भने यसले धेरै समस्या बढाउन सक्छ । प्रायःजसो यस्तो हुन्छ कि जाडोको मौसम आउनेबित्तिकै हामी पानी पिउन बन्द गर्छौं । जसका कारण शरीरमा डिहाइड्रेशन हुन थाल्छ र धेरै समस्या निम्त्याउन सक्छ । जाडोमा यस्तो कुनै स्वास्थ्य समस्या नहोस्, त्यसैले डिहाइड्रेशनबाट बच्न केही विशेष लक्षणहरू चिन्नुहोस् ।

टाउको दुख्ने समस्या– शरीरमा पानीको कमीका कारण प्रायः टाउको दुख्ने समस्या हुन्छ । शरीरको हाइड्रेशन लेभल घट्दा यस्तो हुन्छ किनभने हाम्रो मस्तिष्क ९० प्रतिशत पानीले बनेको हुन्छ ।

पेटका समस्याहरू– शरीरमा पानीको कमीले कब्जियत, एसिडिटी र पेट दुख्ने समस्या पनि हुन सक्छ ।

थकानको अनुभूति– यदि काम शुरू गर्नु अघि वा तुरुन्तै थकाइ महसूस हुन्छ भने यो निर्जलीकरणको सङ्केत हुन सक्छ ।

छाला सुक्खा हुने समस्या– शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने गर्छ । छाला सुक्खा भयो भने डिहाइड्रेशनको लक्षण हुन सक्छ ।

जोर्नी दुख्ने समस्या– निर्जलीकरणले जोर्नी दुखाइ हुन सक्छ । र यदि पहिलेदेखि नै दुखाइ छ भने अझ बढी दुख्न सक्छ ।

एकाग्रतामा कमी– शरीरमा पानीको कमीका कारण कुनै पनि कुरामा ध्यान केन्द्रित हुन सक्दैन, लामो समयसम्म कुनै कुरा सम्झन नसक्ने, सञ्चारमा समेत कठिनाइ महसूस हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here