यी चीजको सेवन नगर्दा फोक्सो स्वस्थ

0

फोक्सोले शरीरका धेरै कार्य राम्रो तरीकाले सञ्चालन गर्दछ । फोक्सो क्षतिग्रस्त हुँदा शरीरलाई शुद्ध अक्सिजन प्राप्त गर्न धेरै समस्या हुन्छ । कोरोनाको समयमा फोक्सोको स्वास्थ्यको ख्याल गर्नु अत्यन्तै जरूरी छ । किनभने कोरोना भाइरसले फोक्सोलाई सबैभन्दा पहिले निशाना बनाउँछ । त्यसैले फोक्सो स्वस्थ राख्न यी चीजहरूबाट टाढा रहनुपर्छ ।

१. नून– आहारविज्ञका अनुसार नून स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ तर सीमित मात्रामा । धेरै नून खाँदा फोक्सोमा समस्या हुन सक्छ । यही कारणले गर्दा फोक्सोलाई स्वस्थ राख्न नून कम खानुपर्छ ।

२. चिनीयुक्त पेय पदार्थ– स्वास्थ्यविज्ञहरूका अनुसार चिनीयुक्त पेय पदार्थ फोक्सोका लागि हानिकारक हुन्छ । यसको सेवनले वयस्कमा ब्रोन्काइटिस हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा चिनीयुक्त पेय पदार्थको सेवनबाट बच्नुपर्छ । सकेसम्म पानी पिउनुपर्छ ।

३. प्रशोधित मासु– फोक्सोका लागि प्रेसर गरिएको मासु खासै राम्रो हुँदैन । यस्ता मासुमा नाइट्राइट नामक तŒव मिसाइन्छ, जसले फोक्सो सुन्निने र तनाव निम्त्याउने स्वास्थ्यविज्ञहरू बताउँछन् । यसैले बेकन, ह्याम, डेली मासु, ससेज जस्ता प्रशोधित मासु खानबाट बच्नुपर्छ ।

४. डेयरी उत्पादनहरू– दूध, दही र चीजजस्ता दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक भए तापनि यसको बढी सेवन फोक्सोका लागि हानिकारक हुन्छ । त्यसैले दुग्धजन्य पदार्थको बढी सेवन गर्नुहुँदैन ।

५. अत्यधिक रक्सीसेवन– आहारविज्ञका अनुसार मदिरा फोक्सोका लागि हानिकारक हुन्छ । यसमा पाइने सल्फाइट्सले दमको लक्षण बढाउन सक्छ । रक्सीमा इथानोल पनि हुन्छ, जसले फोक्सोलाई हानि पु¥याउँछ । यस्तो अवस्थामा अत्यधिक मदिरा सेवनबाट बच्नुपर्छ । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here