२२ जना छात्रालाई साइकल वितरण

0

प्रस, पंचगावाँ, ८ मङ्सिर/

सखुवाप्रसौनी गाउँपालिका–५ स्थित जानकी राजेश पडित आधारभूत विद्यालय महुवनमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

बुधवार कक्षा आठमा अध्ययनरत २२ जना छात्रालाई प्रदेशसभा सदस्य अब्दुल रहिम मन्जुर अन्सारीले साइकल वितरण गरेका थिए । उक्त अवसरमा उनले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको र यो अभियानले छात्राहरूलाई विद्यालय नियमित गराउनुका अतिरिक्त अन्य सुविधाहरू प्राप्त हुँदै आएको दाबी गरे । उनले शिक्षा देश विकासको प्रमुख मेरुदण्ड भएकोले सबै अभिभावकलाई बालबालिकाहरूलाई समानरूपमा शिक्षा प्रदान गर्न आग्रह पनि गरे । उनले विद्यार्थीहरूलाई विद्यालयका अलावा घरमा पनि नियमितरूपमा अध्ययन गर्न सुझाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पडितको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामदिनेश पडित, वडाध्यक्ष रूपलाल यादव, शिक्षक मुकेश यादव, प्रमिला देवी, शोभा रौनियारलगायत स्थानीय भद्रभलादमीहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक दीपेन्द्र यादवले गरेका थिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here