करको करकर

0

देशले कर सप्ताह मनाइरहँदा, विभिन्न जिल्ला, देश र ठाउँठाउँमा करदातालाई सम्मान गरिरहेको छ । नागरिकस्तरबाट पनि कर सप्ताहको सम्मानस्वरूप रक्तदानलगायत कार्यक्रमहरू सम्पन्न भइरहेका छन् । खासमा यी सब तामझामपछाडि करको परिमाण बढोस्, करदाताहरू खुलेर कर तिरून् भन्ने नै हो । कर भनेको राज्य सञ्चालनका लागि सरकारलाई दिने रकम हो। नागरिकले राज्यबाट सुरक्षा, स्वास्थ्य, शिक्षालगायत विभिन्न सुविधा पाएको हुन्छ । सरकारप्रदत्त सुविधा उपभोग गरेर धेरै मानिस असाध्य धनी भएका हुन्छन्, विभिन्न कारणले मानिसहरू निर्धन र विपन्न हुन्छन् । धेरै कारणहरूले गर्दा मानिसले राज्यबाट अपेक्ष्Fित अवसर पाउन सक्दैनन् । तर कर तिर्ने धनी नागरिक र अवसर नपाएर गरीब भएका नागरिकबीच राज्यले कम्तीमा प्राथमिक आवश्यकताको सवालमा भेद हुन दिनुहुँदैन । आफ्नो आवश्यकताका सबै सामल धनी व्यक्तिले खरीद गर्न सक्छ, गरीबले सक्दैन । स्वास्थ्य, शिक्षाजस्ता कुरामा सबैको पहुँच होस् भन्नका लागि र अन्यान्य व्यवस्थाका लागि सरकारलाई पैसा चाहिन्छ, जसको पूर्ति उसले विभिन्न किसिमका करहरू लगाएर गर्दछ । त्यसमध्ये आयकर प्रमुख हो ।

व्यक्तिले आय गर्नुमा उसको मात्र लगानी हुँदैन । राज्यले पनि सहयोग र अवसर पु¥याएको हुन्छ । त्यसैले व्यक्तिले कमाएको आयमा सरकारको हक हुन्छ । केही कर प्रत्यक्ष हुन्छ र केही अप्रत्यक्ष । अप्रत्यक्ष्F कर– भ्याट, बिक्री करका रूपमा सबैले तिरिरहेका हुन्छन् । प्रत्यक्ष कर भने हुँदाखाँदाले मात्र तिर्छन् । त्यसैले सरकारले करमा ज्यादा ध्यान दिन्छ । करकाप, सम्मानजस्ता प्रलोभन देखाएर सरकारले नागरिकलाई कर तिर्न बाध्य पनि पार्छ र आकर्षित पनि गर्दछ । हामीकहाँ आयकर लुकाउने ठूलो कमजोरी छ । त्यसमा व्यक्ति जति दोषी छ, सरकारी संयन्त्र पनि त्यतिकै वा त्योभन्दा बढी दोषी छ । व्यक्तिले एकपटक आयकर तिरेपछि उसको भोलि तिर्न सक्ने क्षमता नहुन सक्छ । तर सरकारी संयन्त्रले त्यस कुराको खोजबीन गर्दैन, हिजो तिरेको तिरो आज पनि तिर्नुपर्छ भन्ने लित्ती कस्छ । जसले गर्दा नयाँ करदाता चाहेर पनि कर तिर्ने मनस्थिति बनाउन सक्दैन । उता सरकारी संयन्त्र पनि सबैले कर तिरून् भन्ने उद्देश्यले काम गर्दैन । सरकारले कर उठाउने कार्यालयहरूलाई ठेक्काजस्तो दिएको हुन्छ । यस आर्थिक वर्षको लक्ष्य यति भनेर । त्योभन्दा थोरै हुनुहुँदैन, बढी भएपनि बेस नभए पनि बात लाग्दैन । हुनु के पर्दछ भने कर असुल्ने निकायहरूले सबैसँग नियमानुसार कर उठाउने पहल गर्नुपर्दछ । यसले नागरिकलाई राज्यको काममा सरोकार रहन्छ । र सरकारप्रति नागरिक दायित्वस समर्थन वा विरोध, मा संलग्न हुन पुग्छ र परिणामस्वरूप सरकार जनउत्तरदायी बन्दछ । ठेक्का वा लक्ष्य निर्धारण गर्दा कर तिर्नेसँग करको परिणाम बढाउँदै जाने, करको दायरा फराकिलो नपार्ने अनुत्तरदायी काम सरकारी संयन्त्रले गरिरहेको हुन्छ भने सरकार पनि अपुग रकमका लागि कर दर बढाउँछ, दायरा फराकिलो पार्दैन ।

कर दिवस वा सप्ताहको उद्देश्य करको दायरा फराकिलो बनाउनु हुनुपर्दछ । कर तिर्ने योग्य तर नतिरिरहेको नागरिकलाई यस अवसरमा प्रोत्साहित गर्नुपर्दछ । नयाँ करदाता बनेकालाई सम्मेलन गरेर सम्मानित गर्नुपर्दछ । प्रत्येक मध्यमवर्गीयसम्म पुग्न सक्नुपर्दछ । कर पहिलोपटक तिर्दा अप्ठ्यारो हुन्छ, दोस्रोपटक बानी पर्छ भन्ने करको सर्वमान्य सिद्धान्त हो । एकपटक यस्तो पनि गरिहेर्ने हो कि १

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here