प्रस, जीतपुर, ७ मङ्सिर/

साताव्यापी १०औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय, सिमराले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी, सिमरा शाखाका सभापति शिवकुमार शर्माले बताए ।

आन्तरिक राजस्व कार्यालय, सिमरामा आयोजित रक्तदान कार्यक्रमको प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले रक्तदान गरेर शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रममा अनु लामिछाने, विदुर सुवेदी, गोपाल चौधरी, रामाकान्त यादव, नैमुद्दीन अन्सारी, सन्तोष दाहाल, रामु श्रेष्ठ, राजु गौतम, प्रशान्त सुनार, टेकबहादुर सुनार, इन्द्रकमल सहनी, सौरभ खनालसहित ५१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here