वीरगंज भन्सारबाट चार महीनामा १७ अर्बको प्रशोधित तेल निकासी

0

राधेश्याम पटेल, परवानीपुर, ७ मङ्सिर/

वीरगंज भन्सार कार्यालयबाट पछिल्लो चार महिनामा रु ३९ अर्ब बराबरको नेपाली सामान भारत तथा विदेश निर्यात भएको छ । चालू आव २०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म रु ३८ अर्ब ७३ करोड ३१ लाख २४ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

वीरगंज नाकाबाट भटमासको प्रशोधित तेल रु १७ अर्ब २० करोड ९० लाख ९ हजार बराबरको ७ करोड ५९ लाख ३३ हजार २१ सय ५३ किलो तेल निर्यात भएको छ ।

वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार प्रशोधित पाम आयल रु १३ अर्ब ४० करोड ७८ लाख २२ हजार मूल्य बराबरको निर्यात भएको छ । त्यसैगरी, डाबर नेपालको उत्पादन तथा अन्य फलफूलका जुस रु १ अर्ब ८४ करोड ४७ लाख ५७ हजार मूल्यको निकासी भएको छ ।

सोही अवधिमा सूर्यमुखीको प्रशोधित तेल रु १ अर्ब ५८ करोड २ लाख ६१ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने भटमासको पिना रु ६१ करोड ६८ लाख ९४ हजार रुपैयाँको भारत निकासी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

यसैगरी, वीरगंज भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ जमोठ कपडा, बतिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोट्र्स सुज, सेन्थेटिक सुज, दन्त मन्जन, ऊनी गलैंचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधि, तयारी कपडालगायतका सामानहरू भारत तथा तेस्रो मुलुकमा निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिलीप केसीले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here