पुस्तक व्यवसायी महासङ्घ पर्साको अधिवेशन सम्पन्न, अध्यक्षमा रोहित ब्याहुत

0

प्रस, वीरगंज, ७ मङ्सिर/

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमिति, पर्साको अधिवेशन वीरगंजमा सम्पन्न भएको छ । सो अधिवेशनले सर्वसम्मतिबाट अध्यक्षमा लक्ष्मी पुस्तक भण्डारका रोहित ब्याहुतलाई चयन गरेको छ ।

यसैगरी, उपाध्यक्षद्वयमा श्यामसुन्दर पटेल र पियुष अग्रवाल, सचिवमा समसुल अन्सारी, कोषाध्यक्षमा अरविन्द साह र सदस्यहरूमा सुधीर गुप्ता, प्रकाश केडिया, रञ्जन कुमार, दीपक कुमारलगायत सल्लाहकारमा जटाशङ्कर यादव, अमित थारू, ओमप्रकाश गुप्ता र नरेश रौनियार रहेका छन् ।

अध्यक्ष रोहितले पुस्तक व्यवसायी सङ्घले झेलिरहेका समस्याहरूको समाधानका लागि कटिबद्ध रही पुस्तक व्यवसायीहरूको हकहितका लागि सधैं सक्दो प्रयासरत रहने बताएका छन् । सो कार्यक्रम प्रदेश २ का अध्यक्ष मुकेश सिंहको सभापतित्व र गोपाल खेतान र रञ्जीत अग्रवालको आतिथ्यमा सम्पन्न भएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here