स्वास्थ्यकर्मीलाई पोषण क्षमता अभिवृद्धि तालीम

0

प्रस, पर्सागढी, ७ मङ्सिर/

पर्सागढी नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरूको लागि सात दिने पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालीम शुरू भएको छ । पर्सागढी नपा–२ को सभाहलमा आयोजित सात दिने पोषणसम्बन्धी क्षमता अभिवृद्धि तालीमको मङ्गलवार नगरप्रमुख लोकनारायण यादवले उद्घाटन गरे ।

सो अवसरमा उनले बालबालिका जन्मनुअघि स्वास्थ्यसम्बन्धी जानकारी हुनुपर्छ र त्यसैलाई लक्षित गरी नगरपालिकामा रहेका स्वास्थ्यकर्मीहरूलाई पोषणसम्बन्धी तालीम आयोजना गरिएको बताए । उनले स्वास्थ्यकर्मीहरू जानकार भएको खण्डमा यस अभियानमा सार्थकता प्राप्त हुने विश्वास व्यक्त गरे । तालीम प्रशिक्षक परमानन्द यादवले सात दिने तालीममा मातृ शिशु पोषण, उपचारलगायतका विषयमा जानकारी गराइने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव, स्वास्थ्य संयोजक उमेश साह, स्वास्थ्य सहायक मनोज कुमार, वडाध्यक्ष वेदमनदास थारू, सचिव प्रमिला चौधरीलगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण गिरीराज कँडेलले गरेका थिए । सात दिने तालीममा पर्सागढी नपामा रहेका स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here