पर्साको ९० प्रतिशत गणना सकियो

0

नितेश कर्ण, वीरगंज, ६ मङ्सिर/

जिल्ला जनगणना कार्यालय, पर्साले कात्तिक २५ गतेदेखि जारी राष्ट्रिय जनगणना अन्तर्गत पर्सा जिल्लामा ९० प्रतिशत गणना भइसकेको जनाएको छ ।

जिल्ला जनगणना कार्यालय, पर्साका अमृतकुमार खड्काले इन्टरनेट समस्याले गणना भएका सबै कुरा अद्यावधिक हुन नसकेको र यो अवधिमा ९० प्रतिशत गणना भएको बताए । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ का लागि पर्सामा १४२ जना सुपरीवेक्षक र ५५६ जना गणक परिचालित छन् ।

वीरगंजका दुई स्थानमा, पर्सागढी, विन्ध्यवासिनी, कालिकामाई, जीराभवानी गरी छ ठाउँमा केन्द्र बनाएर १४ वटै पालिकाको गणना भइरहेको छ । पर्सा जिल्लामा पहिलो चरणमा गरिएको गणनामा ९३ हजार १४० घरधुरी र १ लाख १७ हजार ६२१ परिवार गणना भएका थिए । उनीहरूको अहिले सम्पूर्ण विवरण सङ्कलन भइरहेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here