भलिबल प्रतियोगिताः निचुटासँग बेलवा पराजित

0

प्रस, पंचगावाँ, ६ मङ्सिर/

पटेर्वासुगौली गाउँपालिकामा बालिकामैत्री भलिबल प्रतियोगिता शुरू भएको छ । एक्शन एडको साझेदारीमा दिव्य युवा क्लब पर्साले आज र भोलि दुई दिन बालिकामैत्री भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

आज भएको पहिलो खेलमा नेरामावि निचुटाले नेरामावि बेलवालाई पराजित ग¥यो । निचुटाकी दीपिका शर्मा खेलको ‘वुमन अफ दी म्याच’ घोषित भइन् । भोलिको प्रतिस्पर्धा नेरामावि रङ्गपुर र सुगौलीबीच हुने र सोको विजेताले आजको विजेता निचुटासँग फाइनल खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन गर्दै गापा उपाध्यक्ष ममता महतोले प्रतियोगिताले बालिकाहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने दाबी गरिन् । उनले छोरीलाई घरायसी काममा मात्रै प्रयोग गर्दै आएको हाम्रो समाजमा यसखाले कार्यक्रमले परिवर्तन ल्याउने बताइन् ।

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले शिक्षाका साथै बालिकाको शारीरिक तन्दुरुस्तीका लागि अतिरिक्त क्रियाकलापको आयोजना गरिएको बताए । उनले भलिबल प्रतियोगिताले बालिकामैत्री वातावरण सिर्जना गर्न सहयोग पुग्ने दाबी गरे ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here