मधेसमा माओवादीको लोकप्रियता बढेको छ –प्रचण्ड

0

प्रस, रौतहट, ४ मङ्सिर/

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी अधिकारको लागि लडेको कारण माओवादीको लोकप्रियता मधेसमा बढेको दाबी गरेका छन् ।

रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा माओवादी एक नम्बरको पार्टी हुने दाबी गरे ।

उनले माओवादीले सङ्घीयता छोडेको भनेर झूटको प्रचार गर्नेहरूले आउँदो चुनावमा त्यसको परिणाम भोग्नुपर्ने बताए । उनले गरुडास्थित श्रीराम सुगरमिल सञ्चालनको लागि पहल गर्ने आश्वासन दिए ।

साथै अध्यक्ष प्रचण्डले कटहरिया नगरपालिकामा मालपोत कार्यालय, कृषि विकास बैंकसहितका सरकारी कार्यालयहरू स्थापना गराउने आश्वासन पनि दिए । उनले लालबकैया, वाग्मती नदीहरूको कारण स्थानीयले बेहोर्दै आएको क्षति न्यूनीकरणका लागि नदी नियन्त्रणका लागि अभियान सञ्चालन गराउने बताए । आफ्नै पार्टीको मन्त्रालय अन्तर्गत रहेकोले यो कार्यक्रम चाँडै सम्पन्न गराउने प्रतिबद्धता जाहेर गरे ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here