दलाल सक्रिय भएपछि मलखादमा झेल

0

प्रस, वीरगंज, ३ मङ्सिर/

कृषि सामग्री कम्पनी लि. र साल्ट टे«डिङ कम्पनीमा दलालहरू सक्रिय भएपछि अहिले किसानहरूले मल पाइरहेका छैनन् । नेपाल सरकारले खरीद गरेको अनुदानको मलमध्ये कृषि सामग्रीको ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत बिक्री गर्दै आइरहेका छन् ।

नेपालमा चाहिने आवश्यक मल अहिलेसम्म पूर्ति हुन नसकेको तथा मौज्दात मलमा पनि कालोबजारी हुन थालेपछि वास्तविक किसान मारमा परेका हुन् । वीरगंजस्थित दुवै कार्यालयमा दर्जनौं दलाल सक्रिय भएपछि स्थानीय तहमा बिक्रीको लागि पठाएको मल बीच बाटो वा स्टोरबाट नै अन्यत्र पठाउने गरेको बिक्रेताहरू बताउँछन् ।

कृषि सामग्रीले मङ्सिर १ गतेदेखि वितरण गरेको डिएपी मल समानुपातिक ढङ्गबाट नभएको तथ्याङ्क उपलब्ध गराएको छ । वीरगंजमा खेतीयोग्य जग्गा धेरै कम रहेको तर महानगरको नाममा ३२ वटा संस्थाले मल लगेको देखिन्छ । कुनै गाउँपालिकामा बिक्रेता सहकारीहरू थोरै र कुनैमा बढी रहेको देखिन्छ । तर कार्यालयले समानुपातिक तरीकाले मल वितरण नगरी हचुवाको भरमा सहकारीहरूलाई मल वितरण गरेको देखिन्छ ।

नेपाल सरकारले किसानहरूलाई मात्र पचास प्रतिशत मल उपलब्ध गराउने गरेको तथा पचास प्रतिशत किसानहरूले आपैmंले जोहो गर्ने गरेका छन् । कृषि सामग्रीका प्रमुख गोरख केसीका अनुसार पछिल्लो समय दुई ¥याक (एक लाख बोरा) डिएपी मल आएकोमा पचास हजार बोरा मल विराटनगर क्षेत्रलाई पठाएको तथा पचास हजार बोरा वीरगंजलगायत १५ वटा बिक्री केन्द्रमा समानुपातिक तरीकाले वितरण गरिएको बताए । उनले शुक्रवार पर्सामा ५५ वटा डिलरलाई १३०/१३० बोरा मल पठाएको बताए ।

सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार वीरगंज महानगरपालिका अन्तर्गत रामरहिम, गौरव, भद्रकाली, सौगात, स्वीकृत, यङ्गस्टार, सङ्कल्प, चारपाते, अपना, भुवनेश्वर, प्रगतिशील, भिडान, हरिओम, गण्डक, हरहर महादेव, अशोक बिन, सत्य सेवा, हरे कृष्ण, सीताराम, सद्भाव, सहकारी सङ्घलाई प्रतिसंस्था १३० बोराको दरले मल पठाएको प्रमुख केसीले बताए ।

पोखरिया नगरपालिकामा नवजागृति, टेडीमाई, हरिदर्शन, सहभागी, राजा, लालमतीमाई, त्रिमूर्ति, कुशवाहा बीज भण्डार, कृषि उपभोक्ता समूह गरी ९ वटा संस्थामार्फत मल पठाएको उनले बताए ।

पर्सागढी नपामा पर्सागढी, गतिशील, गोरयाबानी, सेतो गुराँस, जयशङ्कर बाबा, खोपडारमाई, सिद्धनाथ कृषि गरी ७ वटा संस्थामा मल पठाएको प्रमुख केसीले बताए । बहुदरामाई नपामा जनमुखी, प्रगतिशील, रमौली, सहेली, सुन्दर, राधेकृष्ण, बहुदरामाई, सहकारी संस्था लि., जनसुधार, पिडरीमाई, विशमिल्लाह, बौधीमाई, मुस्कान, श्रद्धा केसी, गुलाइचीमाई गरी १५ वटा संस्थामा मल पठाइएको छ ।

कालिकामाई गापामा धन्या, कालिकामाई, विश्वकर्मा, समाजसुधार, सुरज हार्डवेयर गरी ५ वटा संस्थामा मल गएको देखिन्छ । पटेर्वासुगौली गापामा टेडीमाई र सहकारी संस्था लि. गरी दुईवटा संस्थामा मल पठाइएको छ । धोबिनी गापामा आकृति, साना किसान, आद्यशक्तिमाता गरी तीनवटा संस्थालाई मल दिइएको छ ।

पकाहामैनपुर गापामा सहमति, निमियामाई, नरसिंहबाबा, पवनपुत्र, हिमचुली गरी ५ वटा संस्थालाई मल दिइएको देखिन्छ । जगरनाथपुर गापालाई सिंचाइ जल, प्रगतिशील, प्रगति सहयोग, जय जवान गरी चारवटा संस्थालाई मल दिइएको छ ।

जीराभवानी गापामा सूर्य जल, शिवा, जय मारुतिनन्दन, रवि सहकारी, सुपौली, सङ्गम गरी ६ वटा संस्थालाई मल पठाइएको छ । ठोरी गापामा चौतारी संस्थालाई मात्र मल पठाएको सो कार्यालयको तथ्याङ्कमा देखिएको छ । विन्ध्यवासिनी गापामा जय भोला, सातोमाई, लोकप्रिय, संयुक्त कृषि गरी चारवटा संस्थालाई मल पठाएको छ ।

सखुवापरसौनी गापामा बेलमाई, फिजा, मङ्गलबाबा, बालीनाली, रिमझिम, साहस, थल, किरणमुखी, कोपिला गरी ९ वटा सहकारीमार्फत मल बिक्री वितरण भइरहेको सो कार्यालयले जनाएको छ । छिपहरमाई गापामा माता छिपहरमाई, राधेश्याम सेवा संस्थामार्फत मल वितरण भइरहेको कृषि सामग्रीले जनाएको छ ।

कार्यालयमा भेट भएका बिक्रेतासँग बुझ्दा कर्मचारीहरूले समानुपातिक तरीकाले मल बिक्रीको लागि नदिएको र जुन गापामा धेरै संस्था छन् त्यहाँ धेरै मल गएको र कुनै गापामा थोरै संस्था भएकोले सोही अनुपातले मल दिंदा त्यहाँका कृषकहरू मारमा परेको जानकारी दिएका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here