लभ इन वीरगंज

0
  • समीर पाख्रिन

प्रीतम ः (आफैंसित) मोरीले अझै के के सोध्ने हुन् कुन्नि ? बरु यहाँबाट हिंड्नु बेस होला । जाने होइन त उषाजी ?
बाइक स्टार्ट गर्छ । उषा फेरि बाइकमा बस्छे र बाइक स्मारकतिर हुइँकिन्छ ।

०००

समय ः साँझपख । स्थान ः अङ्कितको कोठा ।
अङ्कित पलङ्गमा पल्टेर एकोहोरो सिलिङतिर हेरिरहेको छ । वृद्धा भान्सामा सकिनसकी खाना पकाउँदै छिन् । अङ्कित बाइक माग्न जाँदा साथीहरूको अघि लज्जित हुनुपरेको, बाटोमा बाइक बिग्रेको तर उषालाई ऊमाथि अलिकति पनि साहनुभूति नभएको, बरु उसलाई एक्लै बाटोमा छाडेर अपरिचित युवकको बाइकमा बसेर हेटौंडातिर गएकोमा उषाप्रति असन्तुष्ट छ । उषालाई बाइकमा राखेर हेटौंडा लग्न नसकेकोमा ज्यादै आत्मग्लानि पनि भएको छ, उसलाई । उसले उषाको चरित्रमाथि शङ्का गर्दै अब उप्रान्त उषासित टाढिने मनमनै सङ्कल्प गर्छ ।

वृद्धा ः अङ्कित, खाना खान आइज् ।
अङ्कित ः हजुरआमा, मलाई आज खान मन छैन ।
वृद्धा ः किन के भो ? तँलाई सन्चो भएन कि क्या हो ?
अङ्कित ः सन्चै छु, हजुरआमा । बाटोमा नास्ता गरेकोले पेट डम्म छ ।
वृद्धा ः जे भएपनि अलिकता तातो खाएर सुत् आइज् आइज् ।

अङ्कित ः (नाडी घडी हेर्दै स्वयम्सित) हो, हजुरआमाले मेरैलागि सकिनसकी खाना पकाउनुभएको छ । मैले खाना नखाइदिंदा हजुरआमालाई पीर पर्न सक्छ । त्यो स्वार्थीको रिसले म हजुरआमाको मन किन दुखाउनु ? हजुरआमा, हजुर खाएर आराम गर्नाेस् । म पछि खाउँला।

०००

समय ः साँझको ७ बजेको छ । स्थान ः हवल्दारको डेरा ।
हवल्दार गोडा टेकेर मसला पिस्दैछ । सुशीला मासु पखाल्दैछ ।
सुशीला ः जीरा, धनिया लेदो पार्नुपर्छ है उषाको बुबा ।
इमान सिंह ः ल ल पार्दैछु । अबदेखि बजारबाट पाकेटको मसला ल्याउने गर्नु । यसरी गोडा टेकी–टेकी मसला चाहिं पिस्न सकिंदैन ।

सुशीला ः हेर न, आज एक दिन सानो काम लगाएको, गनगनिएको गनगनिएकै छन् । पाकेटको मसला शुद्ध हुँदैन के … । सिलौटामा पिसेको मसलामा आइरन पाइन्छ ।
इमान सिंह ः उफ् … ! यो पेट बढेर होला, कुनै काम राम्रोसित गर्न सक्या होइन ।
सुशीला ः हो लोग्नेमान्छेको पेट त बढेकोभन्दा नबढेकै राम्रो रहेछ । कपडा लगाउँदा पनि नसुहाउने । ल अझै भएन मसला ? खोइ त हेरौं (छाम्दै), भएछ भएछ खै छोड्नुहोस् ।
इमान सिंह ः त्यति मसला पिसेको पसिनै पसिना भएछु । होइन यो पेट त घटाउनैपर्छ । बरु भोलिदेखि म पनि सुशीलासित मर्निङ वाकमा जानुप¥यो । मर्निङ वाकमा गएदेखि हाम्रो सईसापको पेटसँगै सुगर पनि घटेको छ भन्नुहुँदैथ्यो ।

सुशीला ः मास्टर्नी दिदीको पनि त सुगर र प्रेसर दुवै कन्ट्रोलमा छ भन्दै थिइन् । हो हो, उषाको बुबा पनि भोलिदेखि बिहान चाँडै उठेर यसो वाकमा जाऔं । छोरीको बिहे नै नगरी बूढो देखिन थाल्नु‘भो ।
इमान सिंह ः अँ बिहान उठाउने काम तेरो । नत्र मेरो सुताइ त तँलाई थाहा नै छ ।

०००

समय ः रातको ९ बजेको छ । स्थान ः अङ्कितको घर ।
अङ्कित ः (मोबाइलमा) के ? स्मारक किन नआएको अरे ? अर्काको बाइक बाटोमा अलपत्र छोडेर कसरी आउनु ? के फर्कंदा एक्लै परे अरे ? किन ? फर्कंदा वीरगंजसम्म ल्याइदिने बाइकवाला भेटेनौ ? म के गर्नु त ? एक्लै जान सक्ने, फर्कन पनि त सक्नुप¥यो नि । भो, भो, धेरै कुरा न गर फोन राख । अहँ, भोलि मेरो फुर्सद छैन । के ? मलाई चिने अरे ? मलाई चाहिं होइन तिमीलाई चाहिं मैले राम्ररी चिनें । ल ल धेरै कुरा गर्ने हैन राख । अबदेखि यो नम्बरमा कल गर्ने होइन ।

अङ्कितले फोन काट्छ ।
सेल्फिस् ! त्यसलाई पु¥याउने एकजना, लिन जाने अर्को चाहिने । के सोचेकी छे यो उषाले आफूलाई ?
वृद्धा ः (नाति केटोको कोठाभित्र चियाउँदै) बाबु, तँ कोसित रातिउँधो यसरी फोनमा बाझेको ?
अङ्कित ः साथीसँग हो के हजुरआमा, यतिबेला बजार आइज् भनेर बोलाउँछ । यतिन्जेल सुत्नु‘भा छैन ? जानोस्, सुत्नुहोस् ।

क्रमशः

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here