सृजनाशील बन्ने कोशिश गर्ने कि ?

0
  • राजेन्द्रप्रसाद कोइराला

“सबैले भन्छन् दुः ख नराम्रो हुन्छ, जैले आउँछ रुवाएर जान्छ । तर भनिन्छ दुःख राम्रो हुन्छ जब आउँछ जिउने नयाँ तरीका सिकाएर जान्छ ।” अब्दुल कलाम भन्छन्–सृजनाशील बन्ने कोशिशले रचनात्मकता दिन्छस सृजनशीलताले सही विचारतर्फ डो¥याउँछ । विचारले ज्ञान दिन्छ । ज्ञानले ठूलो बनाउँछ ।”

जीवन केवल बाँंच्नका लागि नभई सृजनाको लागि हो । हामी रक्षार्थ नभई विस्तारका लागि यहाँ छौं । जीवन विशाल खेल मैदान वा क्यानभास हो जसमा हामी चाहेको चित्र कोर्न या लेख्न सक्छौं । हामीहरू जस्तो कल्पना, इच्छा गर्छौं, त्यस्तै प्राप्ति पनि गर्छौं । हामी जहाँ पुग्न प्रतिबद्ध भएर अगाडि बढ्छौं त्यहाँ पुगेका हुन्छौं । तर त्यसका लागि बलियो आत्मीय प्रार्थना चाहिन्छ । त्यसैले हेरी बर्ड भन्छन््– “एउटा आत्मीय प्रार्थना एटम बमभन्दा शक्तिशाली हुन्छ।”

समस्याको खोजी ग¥यौं भने आफूलाई समस्यामा घेरिएको पाउँछौं । अवसरको खोजी ग¥यौं भने अवसर मात्र पाउँछौं । यो जीवनको एउटा रहस्य हो । सफलता पाउने खोजी गर्दा अत्यधिक सफलता प्राप्त हुन्छ । सफलता प्राप्ति क्षणिक प्रयासबाट सम्भव छैनस हामी जहाँ छौं, त्यहीं राम्रो अवस्थामा रहने प्रयास ग¥यौं भने त्यसले हामीलाई अझ प्रगति गर्ने उत्प्रेरणा दिन्छ । हामीले सधैं प्रगतिशील बन्ने चेष्टा गर्नुपर्दछ ।

परिस्थितिले साथ देला अनि शुरू गरौंला भनेर पर्खेर बस्यौं भने त्यो कहिल्यै हाम्रो आँगनमा सकारात्मक वातावरण लिएर आउँदैन । त्यसको निर्माण त हाम्रो प्रयत्नबाट नै हुनुपर्दछ । जसले परिस्थितिलाई दोष दिएर कामको शुरूआत गर्न ढिलासुस्ती गर्छ उसलाई सफलताले पनि लत्याइरहेको हुन्छ । तर यदि हामीले आफू आत्मविश्वासी भएको कुरा प्रदर्शन गर्न सक्यौं भने हाम्रो आफ्नै जीवनले हामीलाई हरेक पल, हरेक अभियान र हरेक सफलताको भागीदार बनाउँछ। त्यसैले प्रत्येक दिन नयाँ कर्मका लागि तयार रहने हो भने चमत्कार र अवसर जताततै छ त्यसलाई समात्न सकिन्छ । हामी जहाँ जान्छौं, जे गर्छौं, जे बोल्छौं, अन्तर्आत्माबाट गरौं, हामीले कहिल्यै हार्नुपर्दैन ।

त्यसैले डगलस म्यालेच भन्छन्– यदि तिमी पहाडको टुप्पाको पीपल वृक्ष बन्न सक्दैनौ भने बेंसीको सिमल भए पनि बन । यदि तिमी ठूलो वरको वृक्ष बन्न सक्दैनौ भने सानो बुट्यान भए पनि बन । यदि तिमी जहाजको क्याप्टेन बन्न सक्दैनौ भने चालक दलको सहयोगी भए पनि बन । यदि तिमी राजमार्ग बन्न सक्दैनौ भने गोरेटो भए पनि बन । यदि तिमी चन्द्रमा बन्न सक्दैनौ भने तारा भएपनि बन । के बन्छौ भन्ने कुराको खास अर्थ छैन, कस्तो बन्छौ भन्ने कुराले ठूलो अर्थ राख्दछ ।

यहाँ तिमीले चाहेमा बन्न सक्ने धेरै अवसरहरू छन् । तर जे बन्छौ त्यसमा उत्कृष्ट बन, अरूभन्दा फरक बन । भीडको एउटा सदस्य मात्र भएर नबस । भीडका मानिस औसत मानिस हुन् । ठूला र असल मानिस जहिले पनि औसत मानिसभन्दा भिन्न हुन्छन् र भीडमा पनि प्रस्ट चिनिन्छन् ।

आफ्नो सपनामाथि विश्वास छ भने हाम्रा लागि सफलता दुर्लभ हुँदैन । अरस्तुका अनुसार भित्री हृदयबाट उत्पे्ररित भएर गरिएको कल्पनाले मानिसमा त्यसको प्राप्तिका लागि अघि बढ्ने बानी बसालिदिन्छ । सुन्दर भविष्य त्यसैको हातमा छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास राख्दछ । हामी जे खोज्छौं त्यही पाउँछौं । संसार हामीप्रति उत्तरदायी छ । यो हाम्रो कर्म, व्यवहार भाषा, अनुशासन र संवादबाट प्रभावित हुन्छ ।

जीवन धान्ने ऊर्जाशक्तिको सञ्चय र रक्षा गर्दै, स्याहार्दै, हुर्काउँदै, फुलाउँदै अगाडि बढेमा लक्ष्य विन्दुमा पुग्ने आशा उर्लिंदै जान्छ र उत्साह बढ्दै जान्छ । विचार सुन्दर बनाउने हो भने जीवन धान्ने शक्ति पैmलाउँदै जाने बाटो सजिलो र सहज हुने गर्दछ । परिवार वा समूहमा मेलमिलाप बढेर द्वन्द्व कम भई सामूहिक भावना वृद्धि हुने गर्दछ । काममा खुशी र रमाइलो अनुभव हुन्छ । क्षमता वा सकारात्मक पाटोबाट काम गर्दा धेरै उपलब्धि, थोरै वा शून्य पीडा हुन्छ ।

गहन प्रेम र असाधारण प्राप्तिका लागि जहिले पनि जोखिम उठाउनु नै पर्दछ । जोखिम नउठाई सफलता प्राप्ति सम्भव छैन । म यो नगरी छाड्दिनँ, यसलाई सम्पन्न नगरी विश्राम लिन्नँ भनेर एकाग्र मनले कर्मसिद्घिको अभियान चलाउनेहरूले नै यो संसारमा आफ्नो छुट्टै र प्रभावशाली पहिचान बनाउन सकेका छन् ।

एक्लै पर्छु कि भनेर डराउनेहरू कहिल्यै गन्तव्यमा पुग्न सक्दैनन् । एक्लो छु भनेर नडराऔं । आज संसारमा जति पनि असल र सफल मानिस छन्, जसले संसारलाई आफ्नो प्रभावमा राखेका छन्, काम शुरू गर्ने बेला ती एक्लै थिए । औचित्यपूर्ण कर्मको निरन्तरताले उनीहरूलाई महान् नायक बनायो । उनीहरूको अभियानमा संसार लामबद्घ भएर हिंड्यो ।

त्यसैले याद राखौं–

एउटा सानो र एक्लो ताराको पिलपिले उज्यालोले विशाल समुद्रमा राति आवागमन गर्ने पानीजहाजलाई दिशा निर्देश गर्दछ । एउटा छोटो तर ओजिलो शब्दले जीवनको लक्ष्य वा ध्येयलाई स्वरूप प्रदान गर्दछ । एउटा अमूल्य मतले मुलुकको भविष्य निर्माण गर्ने ताकत राख्दछ ।

एउटा सानो छिद्रबाट पसेको प्रकाशले अँध्यारो कोठालाई उज्यालो बनाइदिन सक्छ ।
एउटा मैनबत्तीले ठूलो कोठाको अँध्यारो निमिट्यान्न पारी दिन सक्छ ।
एउटा सुन्दर मुस्कानले हजारौं आत्मामा अमीट प्रभाव छोड्न सक्छ ।
हजारौं माइल लामो यात्रा एउटा दरिलो पाइलाबाट शुरू हुन्छ ।
हरेक प्रार्थनाको शुरूआत एउटा प्रेरणादायी शब्दबाट हुन्छ ।
एउटा आशाको दियोले हाम्रो उत्साहलाई सधैं जागृत गराइराख्दछ ।

बृहत् दृष्टिकोण राखेर आशावादी भई काम गर्दा गरिमा र प्रेरणा दुवै मिल्छ । जीवन मजबुत बनाउन ज्ञान जरूरी छ तर ज्ञानका लागि सुनाइ अपरिहार्य छ । भगवान्ले दुर्ई कान र एक मुख धेरै सुन्न र थोरै बोल्न बनाएका हुन् । शरीर जति ठूलो भएपनि आँखा साना र तीखा बनाइदिएका छन् त्यसको अर्थ जीवनलाई गहन र मिहिनरूपमा हेर भन्नु नै हो । हाम्रो नाकले पनि हामीलाई त्यही इङ्गित गर्दछ कि हाम्रा वरिपरि धेरै सुगन्धित फूलहरू फुलेका छन्् तिनको सुगन्धबाट जीवनको शाश्वत सत्य बुझ्न सकिन्छ । त्यसैले हाम्रा इन्द्रियहरूका आफ्नै सकारात्मक विशेषता र कर्महरू छन् । तिनको उचित र सकारात्मक प्रयोगले जीवनलाई अपराजित बनाउन सकिन्छ ।

हामीहरू जित्नलाई जन्मेका हौं, जित्नु भनेको भौतिक सम्पन्नता, द्रव्य, दौलतको अहङ्कार, हात हतियारको दुरुपयोग, विनाश र विध्वंसबाट डर पैदा गरेर अरूको अस्तित्व निमिट्यान पार्नु होइन, बरु हामीले आफ्ना सारा सम्भावनाका ढोकाहरू खोलेर नयाँ सृजनामा रमाउँदै सबैमा सुख, शान्ति र समृद्धि छर्नु हो ।

हो, हामीले सोचे जस्तो यो वर्ष नहोला, अर्को वर्ष पनि नहोला, दुर्ईचार वर्षभित्र नहोला तर निरन्तर प्रयासको परिणाम अवश्य कुनै वर्ष प्राप्त हुन्छ । तर त्यो प्राप्तिमा सन्तुष्ट हुन नसक्नु नै मानवीय स्वभाव वा कमजोरी हो । प्राप्ति सानो वा ठूलो हुँदैन, त्यसलाई आत्मसात् गर्ने र व्याख्या गर्ने तौरतरीकामा भर पर्दछ । त्यसैले हरेक दिन नयाँ काम, नयाँ जोश र जाँगरका साथ गर्नुपर्दछ । हो हामी एकैपटक ठूला–ठूला काम गर्न सक्दैनौं तर साना–साना काम भने ठूला उत्साह, उमङ्ग र प्रेरणाका साथ गर्न सक्छौं ।

आफूमा नयाँ सिर्जना र व्यवहारको भोक जगाउन सकियो भने यो सिर्जना नै जीवनको विश्वास र संस्कार बन्न पुग्दछ । नयाँ सृर्जना गर्ने क्रममा हामी केही चुनौतीका बीच रुमलिन्छौं, सानो असफलतामा ठूलो उत्साह गुमाउन पुग्दछौं । तत्कालीन अवस्थामा भोग्नु परेको असफलताको अर्थ जीवनको पूर्ण असफलता भने पक्कै होइन, बरु आगामी सफलताका लागि आधार र अवसर हो किनकि असफलताले परिपक्वता सुनिश्चित गर्दछ । यसले प्रमाणमा आधारित प्रयोगसिद्घ व्यवहार र ज्ञान प्रदान गर्दछ, जुन भविष्यको लागि सुन्दर मार्गनिर्देश हुन सक्छ । त्यसैले हरेकले आफूमाथि दुविधा होइन, भरोसा राखेर सिर्जनामा जुट्नुपर्दछ ।

समाज हामीले चाहेजस्तो नहुन सक्दछ । यही समाजमा मानिसहरू कुतर्क गर्ने, बेढङ्गी र आत्मकेन्द्रित पनि हुन्छन् । जे भए पनि उनीहरूलाई माया गर्नु हाम्रो धर्म हो । हामीले अरूलाई राम्रो गर्दैमा सबैले हामीजस्तै राम्रो गर्छन् भन्ने छैन । राम्रो गर्दागर्दै पनि मानिसहरू औंला ठड्याउन थाल्नेछन् तर जे भए पनि उनीहरूलाई माया गर्नु नै बेस हुन्छ । यदि हामी सफल भयौं भने हामीले गलत साथी र साँचो शत्रुलाई परास्त गर्नेछौं । त्यसैले सकारात्मक भाव लिएर अगाडि बढेर सुन्दर संसारको रचना गरौं । यदि जिन्दगीमा केही गर्नुछ भने आफैंप्रति विश्वास र सङ्कल्प नबदलौं, बरु त्यो प्राप्त गर्ने तरीका बदलौं ।

जाँदाजाँदै–

डुब्यो भने पानीलाई दोष दिन्छ,
लड्यो भने ढुङ्गालाई दोष दिन्छ,
मान्छेको बानी पनि साह्रै उदेकलाग्दो छ,
केही गर्न सकेन भने भाग्यलाई दोष दिन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here