प्यालेस्टाइन, २ मङ्सिर/एएनआई/स्पुतनिक

जेरुसेलमको अल–इसाबियानजीक इजरायली सेनासँगको झडपमा कम्तीमा ५७ जना प्यालेस्टाइनी घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् । कुड्सनेट समाचार एजेन्सीले जनाए अनुसार इजरायली सैनिकहरूले गरेको अश्रु ग्याँस प्रहारबाट अधिकांश घाइते भएका छन्। प्यालेस्टाइनीहरूले बिहीवार आम हडताल गर्ने घोषणा गरेका छन् ।

इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध दशकौंदेखि बिग्रिएको छ । प्यालेस्टाइनीहरूले इजरायलले आंशिकरूपमा ओगटेको पूर्वी जेरुसेलम र गाजापट्टीलगायत वेस्ट बैंकको भूभागमा आफ्नो स्वतन्त्र राज्यको लागि कूटनीतिक लडाइँ लडिरहेका छन् ।इजरायली सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राजनीतिक र कूटनीतिक संस्थाको रूपमा मान्यता दिन अस्वीकार गरेको छ र संयुक्त राष्ट्रसङ्घको आपत्तिको बावजूद कब्जा गरिएका क्षेत्रमा बस्तीहरू निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here