सुनको मूल्यमा सामान्य वृद्धिः चाँदीको स्थिर

0

काठमाडौं, २ मङ्सिर/रासस

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रु २०० बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेंलो धातु बुधवार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधवार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । बुधवार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here