ग्रीन मार्केटिङ र लिन म्यानुफ्याक्चरिङ

0
  • विश्वराज अधिकारी

विश्व वातावरण प्रदूषित हुँदै गएकोमा विश्वका पश्चिमा मुलुकहरू जति चिन्तित देखिएका छन् त्यति अफ्रिकी र एशियाली मुलुक देशहरू छैनन् । विश्व पर्यावरणप्रति चासो र चिन्ताले गर्दा नै पश्चिमा राष्ट्रहरूको पहलमा स्कटल्यान्डको ग्लासगो शहरमा केही दिन पहिले (सन् २०२१, ३१ अक्टुबरदेखि नोभेम्बर १२ सम्म) ‘संयुक्त राष्ट्रसङ्घीय वातावरण (मौसम) परिवर्तन सम्मेलन’ भएको थियो । यो सम्मेलनले कोप २६ (cope 26) नाम पाएको थियो ।

उक्त सम्मेलनमा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिहरूले आआफ्नो देशमा कार्बन विसर्जनको मात्रा क्रमिकरूपमा घटाउँदै लाने, पृथ्वीलाई थप तातो हुनबाट जोगाउन ठोस प्रयास गर्ने, सफा ऊर्जा उत्पादन र प्रयोगमा जोड दिनेसम्बन्धी वाचाहरू गरेका थिए । धनी राष्ट्रहरूले गरीब राष्ट्रहरूलाई सफा ऊर्जा उत्पादन गर्न सहयोग गर्नेबारे पनि धनी राष्ट्रहरू बीच सहमति भएको थियो ।

स्मरण रहोस्–ऊर्जा उत्पादनका लागि अत्यधिक मात्रामा कोइला बाल्दा, उद्योग र यातायातका साधनहरू सञ्चालन गर्न ठूलो मात्रामा पेट्रोलियम पदार्थ प्रयोग हुँदा र ऊर्जा उत्पादनका लागि पनि पेट्रोलियम पदार्थ प्रयोग गर्दा ठूलो मात्रामा कार्बन उत्पादन हुन्छ र उत्पादित त्यो कार्बनले पृथ्वीलाई थप तातो पार्ने गर्दछ । पृथ्वीको तापक्रम बढ्दै जाँदा बाढी, पहिरो, समुद्री आँधी, वन–डढेलोजस्ता समस्या विस्तार हुन्छ । र त्यसले ठूलो मात्रामा जन–धनको क्षति गर्छ ।

विज्ञहरूको भनाइ अनुसार पृथ्वीलाई थप तातो हुनबाट न जोगाउने हो भने आउने ३० वर्षमा संसारका विभिन्न देशहरूबाट करीब १२ करोड मानिस स्थानान्तरित हुनेछन् । स्थानान्तरित हुनेहरू मध्ये कसैको देश त कसैको शहरको अस्तिŒव रहने छैन । अर्थात् केही देश र शहर समुद्रको गर्भमा पस्नेछन् । तिनको अस्तित्व सदाका लागि समाप्त हुनेछ ।

विश्व वातावरणमा आउने यो परिर्वतनले धनी र गरीब दुवै राष्ट्रलाई सताउने छ तर जनधनको क्षति भने गरीब राष्ट्रहरूले बढी बेहोर्नुपर्नेछ । गरीब राष्ट्रहरूले कतिसम्म दुःख पाउने छन् भन्ने कुराको उदाहरणको रूपमा भारतलाई लिन सकिन्छ । अहिले भारतको नयाँ दिल्ली, त्यो स्तरमा प्रदूषित भएको छ, दिल्लीको आकाश कालो धूवाँले यति भरिएको छ कि दिल्लीको बासिन्दाले त्यहाँको वायुमण्डलमा दिनभरि सास फेर्दा २० वटा चुरोट खाए सरह हुन पुगेको छ । दिल्लीको आकाश कालो धूवाँले भरिएर सास फेर्न घातक भएकोले गएको मङ्गलवार (November 16, 2021) देखि दिल्लीका स्कूल एवं कलेज कक्षाहरू अनिश्चितकालका लागि स्थगित गरिएका छन् भने सबै किसिमका निर्माण नोभेम्बर २१ सम्म बन्द राख्न आदेश जारी गरिएको छ ।

विश्व मौसममा आएको परिवर्तनले धनी राष्ट्रहरूलाई पनि उत्तिकै सताएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा हालै भएको ‘डिक्सी फायर’ नामकरण गरिएको वन डढेलोले ठूलो क्षति पु¥याएको थियो । जुलाई १३, २०२१ मा यो जङ्गल–आगलागी आरम्भ भएको थियो । बट, प्लमस, लासेन, सस्टा र तेहामा गरी पाँच काउन्टीमा फैलिएको आगो क्यालिफोर्निया राज्यको इतिहासमा नै दोस्रो ठूलो वन–डढेलो बन्न पुग्यो । विज्ञहरूले यो आगलागीलाई पनि विश्व मौसमा आएको परिवर्तन ( पृथ्वी अधिक तात्नु) सँग जोडेका छन् । यो आगलागीले करीब ९ लाख ६३ हजार ३०९ एकड जङ्गल ध्वस्त पारेको थियो ।

विश्व वातावरण थप प्रदूषित हुन बाट जोगाउन अनेक प्रयास धेरै पहिलेदेखि भएका छन् । तर ती प्रयासहरू चर्चामा आएका छैनन् । धनी राष्ट्रहरूले गरेका त्यस्ता प्रयास धेरै वर्ष भयो ।

विश्वलाई थप तात्नबाट जोगाउन धनी राष्ट्रहरूले धेरै पहिलेदेखि गरेका दुर्ई प्रयास हुन् ः
१ ग्रीन मार्केटिङ (Green marketing)
२ लिन म्यानुफेक्चरिङ (Lean manufacturing)

ग्रीन मार्केटिङ

बजार व्यवस्थापनका प्रत्येक कार्यलाई विश्व पर्यावरणसँग जोडेर हेर्ने र सोही अनुसार बजार व्यवस्थापनका कार्यहरू गर्नुलाई ग्रीन मार्केटिङ भन्ने गरिन्छ । औद्योगिक विसर्जनको राम्रो व्यवस्थापन गर्नु, उत्पादन प्रक्रियाद्वारा वातावरण विनाश हुन नदिनु, प्लास्टिकको कम प्रयोग गर्नु वा पटक्कै नगर्नु, रिसाइक्लिङ प्रणालीलाई वातावरण–मैत्री तुल्याउनु, सवारीका साधनहरूको प्रयोग कम पारेर वातावरण स्वच्छ राख्ने प्रयास गर्नु, सफा इन्धन (बिजुल, बैट्री, सौर्य ऊर्जा, वायु ऊर्जा आदि) प्रयोग गर्नुजस्ता कार्य गर्नु भनेको ग्रीन मार्केटिङ प्रवद्र्धन गर्नु हो। धनी राष्ट्रहरूले अहिले ग्रीन मार्केटिङमा जोड दिइरहेका छन् । यातायात र औद्योगिक क्षेत्रलाई वातावरण–मैत्री बनाउने प्रयास गरिरहेका छन् । मुनाफाका लागि प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन गरेर विश्व वातावरण विषाक्त पार्ने कार्यको ग्रीन मार्केटिङ अभियानले घोर विरोध गर्दछ ।

लिन म्यानुफेक्चरिङ

विभिन्न वस्तुहरू उत्पादन गर्दा अनेक औद्योगिक प्रक्रिया सम्पन्न हुन्छ । ती प्रक्रियाहरूले ठूलो मात्रामा फोहर (ध्बकतभ) पनि ठूलो परिमाणमा उत्पादन गर्दछ । यसरी उत्पादन प्रक्रिया सम्पन्न हुँदा निस्कने फोहर कम गर्नु, ज्यादै कम स्तरमा लग्ने लक्ष्य राख्नुलाई लिन म्यानुफेक्चरिङ भन्ने गरिन्छ । जापानमा लिन म्यानुफेक्चरिड्ढो अभ्यास निकै गरिएको पाइन्छ ।

लिन म्यानुफेक्चरिङले फोहर व्यवस्थापनमा जोड मात्र दिंदैन, विश्व वातारण संरक्षण गर्न विशेष योगदान पनि पु¥याउँछ । विश्व वातावरण स्वस्थकर बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्दछ।

गरीब राष्ट्रहरूमा औद्योगिक फोहर व्यवस्थापन अहिले टाउको दुःखाइ भएको छ । यस्तो किन भयो भने गरीब राष्ट्रका उद्योगहरूले औद्योगिक फोहर प्रायः नदी वा खोलामा विसर्जन गर्ने गरेका छन् । नदीहरूलाई यति दूषित पारेका छन् कि तिनको पानी विषाक्त हुन पुगेको छ । अर्काेतिर गरीब राष्ट्रहरूमा वातावरण स्वच्छ राख्न कोषको पनि अभाव छ ।

धनी राष्ट्रहरूले लिन म्यानुफेक्चरिङ र ग्रीन मार्केटिङ अभ्यासमा ल्याएको धेरै भए पनि गरीब राष्ट्रहरूले यी दुर्ई महŒवपूर्ण कार्य अभ्यासमा ल्याएको पाइँदैन । यी राष्ट्रका व्यवसायीहरूले केवल नाफामा जोड दिएर पर्यावरण संरक्षणलाई बेवास्ता गरेको पाइएको छ । साथै सामान्य जनतामा पनि विश्व वातावरण जोगाउनुपर्छ भन्ने चेतनाको अभाव छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here