अगहनी धान भित्र्याउन किसान, विद्यार्थीहरू व्यस्त, धान भित्र्याउन शुरू भएसँगै सामुदायिक विद्यालयमा विद्यार्थी घटे

0

प्रस, सेढवा, १ मङ्सिर/

पर्साका ग्रामीण क्षेत्रका किसानहरू वर्षे बाली अगहनी धान भित्र्याउन व्यस्त छन् भने उनीहरूलाई सघाउँदै आएका बालबालिकाहरूको उपस्थिति विद्यालयमा पातलिएको छ । जगरनाथपुर, जीराभवानी, धोबिनी, पटेर्वासुगौली, सखुवाप्रसौनी, छिपहरमाईलगायत गाउँपालिकामा किसानहरू अगहनी, सोना मन्सुली धान भिœयाउन व्यस्त छन् । यो क्षेत्रमा अधिकांश किसानले सोना मन्सुली धान उत्पादन गर्दै आएका छन् ।

केही किसानहरू हार्भेस्टरबाट धान कटानी गर्दैछन् भने केही किसानहरू ज्यालादारीमा धान कटाइ गर्दैछन् । गाईवस्तु पालेका किसानहरू परालको जोहो गर्न मजदूरहरूको प्रयोग गरेर धान कटानी गरिरहेको जगरनाथपुर गापा–३ गढैयाका किसान गुलाबप्रसाद यादवले बताए । उनले धान कटानी गरी बोझा बाँधी खेतमैं खलियान बनाएर जम्मा गर्ने गरेको बताएका छन् । यो विधिबाट धान कटानी गर्दा धान खेतमा सुक्ने र एकैपटक भकारीमा राख्न मिल्ने यादवले बताए।

कतिपय किसानले हार्भेस्टरको प्रयोग गरिरहेका छन् । यसबाट समय र खर्च कम भएपनि धानलाई सुकाउनुपर्ने झन्झट बेहोर्नुपर्ने जीराभवानी गापा–२ सेढवाका किसान छठु चौधरीले बताए । हार्भेस्टरबाट धान कटानी गर्दा सुकाउनुपर्ने र पराल पनि सोचेजस्तो सञ्चित नहुने उनले बताए । यो क्षेत्रमा धान कटानी हुनासाथ धान, पराल खरीद गर्न व्यापारीहरू घरदैंलोमा आउँछन् । उनीहरूलाई लक्षित गरेर किसानहरूले धान र परालको व्यवस्था गर्दै आएका छन् ।

धान भिœयाउने बेलामा प्रत्येक वर्ष यस क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सङ्ख्या पातलिने गरेको छ । यस वर्ष पनि यही अवस्था छ । विद्यार्थीहरू घरमा भाइबहिनीहरूलाई हेर्ने, बाख्रा चराउने र खेतमा धान कटानीका लागि गएका अभिभावकलाई खाजा, खाना पु¥याउने गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या पातलिने गरेको एकजना शिक्षकले बताए ।

नेरामावि महुवनका प्रधानाध्यापक भरत गिरीका अनुसार उनको विद्यालयमा ठूला विद्यार्थीहरू अध्ययनरत हुँदा प्रभाव परेको छैन तर प्राथमिक तहका विद्यालयमा भने विद्यार्थीहरूको सङ्ख्या पातलिने गरेको उनले अनुभव सुनाए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here