प्रस, वीरगंज, १ मङ्सिर/

नेपाल परिवार दल बाराको दोस्रो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । कलैयामा आज भएको अधिवेशनले रामचन्द्र चौधरीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मतबाट गठन गरेको छ ।

यसअघि, अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य एवं पर्सा शाखा अध्यक्ष पल्टनप्रसाद कुर्मीले गरेका थिए । उनले अधिवेशनले पार्टीलाई मजबूत पारेको बताए । उनले कार्यकर्ताहरूलाई चुनावी तयारीमा लाग्न निर्देशन दिए । कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य रामबाबू साहलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उपेन्द्र पासवानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here