प्रस, वीरगंज, १ मङ्सिर/

भारत सरकारको सहयोगमा बुटवलस्थित नहरपुर माविको भवन निर्माणको लागि बुधवार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले विद्यालय भवन निर्माणको लागि संयुक्तरूपमा शिलान्यास गरेका थिए । नयाँ विद्यालय भवन भारत सरकारको नेरु ४ करोड ४ लाख १७ हजारको लागतमा निर्माण हुने बताइएको छ ।

सन् १९७१ मा सो विद्यालय स्थापना भएको र अहिले जीर्ण अवस्थामा रहेपछि भारत सरकारको सहयोगमा पुरानो विद्यालय भवन भत्काएर नयाँ भवन बनाउने कार्य शुरू भएको छ । विद्यालयमा ११ सय २७ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

नेपालस्थित भारतीय दूतावासले भारत सरकारको सहयोगमा नेपालको सातवटै प्रदेशमा १८ वर्ष अवधिमा स्वास्थ्य, खानेपानी, कनेक्टिभिटी, सरसफाइलगायत सार्वजनिक उपयोगिताको क्षेत्रमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत ४५४ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here