प्रस, पर्सागढी, २९ कात्तिक/

पर्सागढी नगरपालिका–९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बर्डरवामा निर्मित चार कोठे भवनको सोमवार सङ्घीय सांसद विमलप्रसाद श्रीवास्तवले उद्घाटन गरेका छन् ।

उनको संसदीय विकास कोषको रकमबाट रु ५० लाखको लागतमा चारकोठे पक्की भवन निर्माण भएको हो । विद्यालय भवनको उद्घाटन गर्दै सांसद श्रीवास्तवले शिक्षा मानवजीवनको ज्योति भएको बताए । उनले शिक्षाविना मानिस अधूरो हुने बताए ।

सांसद श्रीवास्तवले समग्र विकास क्रमलाई गति प्रदान गर्ने हो भने शिक्षा क्षेत्रमा सबैभन्दा पहिले विकास गर्नुपर्ने सुझाव दिए । उनले शिक्षासँगै स्वास्थ्य क्षेत्रको विकासमा पनि गति दिन आवश्यक भएको बताए ।

कार्यक्रममा बालेश्वर चौधरी, जसपा नेता बृजमोहन चौधरी, वडाध्यक्ष वेदमनदास थारू, प्रधानाध्यापक चेतमन चौधरीलगायत स्थानीय समाजसेवी, अगुवा, अभिभावक, शिक्षक/शिक्षिका, विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा शिक्षिका लक्ष्मी ढकालले स्वागत र शिक्षक रामविलास साहले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here