काठमाडौं, २८ कात्तिक/रासस
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुर्ई हजार ६८८.९२ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अङ्कले ओरालो लागेको छ ।
त्यस्तै, होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन बीमा २०.० २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२, लघुवित्त ४.२८ अङ्कले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २७ करोड ३९ लाख ९३ हजार ९३ बराबरको कारोबार भयो ।
आइसिएफसी फाइनान्स रु २४ करोड २८ लाख ७२ हजार ६९०, नबिल बैंक रु १६ करोड ६७ लाख ६५ हजार ३६८, लुम्बिनी विकास बैंक रु १६ करोड २३ लाख ८६ हजार ८२२ र साहस ऊर्जा रु १३ करोड ४४ लाख २३ हजार ७३२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेको छ ।
आइतवारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख १३ हजार ६८० बराबर पुगेको छ ।