प्रस, परवानीपुर, २६ कात्तिक/

बाराको कलैयामा दुई पक्षको झगडालाई लिएर चक्काजाम गरिएको छ । शुक्रवार अपराह्न चार बजे कलैया–वीरगंज सडकखण्डको सिसहनिया चोकमा करीब एक घण्टा चक्काजाम भएको थियो । त्यसैगरी, कलैयाको भरतचोकमा शुक्रवार केहीबेर प्रदर्शन भएको थियो ।

कलैया उपमहानगरपालिका–२५ को इनरबारी टोलमा दुर्ई पक्षको झगडालाई लिएर सिर्जना भएको द्वन्द्वको कारण चक्काजाम गरिएको गाउँँलेले बताएका थिए । गत छठको साँझ स्थानीय जादोलाल पण्डित र बकसिस मियाँँका परिवारबीच सामान्य विवादबाट बढेको विवादका कारण एक पक्षले अर्काे पक्षलाई कुटपिट गर्न जाने, घर तोडफोड गर्ने जस्ता काम भइरहेको थियो ।

गाउँमा भएको पञ्चायती पनि नमानेको कारण गाउँमा तनाव बढिरहेको छ । गाउँको झडपमा परी स्थानीय राधेश्याम पटेलको टाउको फुटेको छ । उनको अहिले वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय नौतन, प्रसौनीका प्रहरी निरीक्षक विन्देश्वर यादवले प्रदर्शनकारीलाई तितरवितर पारेर चक्काजाम हटाइसकेको बताए। उनले दुर्ई दिनदेखि तनाव बढे तापनि अहिले अवस्था सामान्य बन्दै गएको दाबी गरे ।

प्रस, वीरगंज/

पोखरिया नगरपालिका–५ सतवरियामा शुक्रवार दुई समूहबीच झडप हुँदा दर्जनौं मानिस घाइते भएका छन् । घाइतेहरूको उपचार पोखरिया अस्पतालमा भइरहेको छ ।

सतवरिया टोल अन्तर्गत दक्षिण टोल र उत्तर टोलका स्थानीयबीच आज दिउँसो झडप हुँदा उत्तर टोलतर्फबाट प्रदीप राम, रामजी राम, जीतेन्द्र राम तथा दक्षिण टोलका सुरज राम, सुनीता देवी, राजेन्द्र रामलगायत घाइते भएका छन् । अन्य सामान्य घाइते उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

गएराति छठको अवसरमा भएको नाचगानको क्रममा विवाद भएको थियो । सोही विषयलाई लिएर आज दिउँसो सो वडाका बासिन्दाबीच झडप भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here