प्रस, ठोरी, २३ कात्तिक/

हुलाकी सडक कालोपत्र भएसँगै वीरगंज–ठोरी सडकखण्डमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि युवाले सक्रियता देखाएका छन्।

सडक दुर्घटना न्यूनीकरणका लागि ठोरी गाउँपालिका–४ विजयबस्तीका युवाले ट्राफिक सचेतना अङ्कित सूचना बोर्डहरू हुलाकी सडकको किनारमा राख्दै आएका छन्।

प्रहरी तीर्थ श्रेष्ठ, हार्डवेयर व्यवसायी राजु महतोको लगानीमा हुलाकी सडक अन्तर्गत ठोरी गापा–४ मालीबस्तीदेखि मिलनचोकसम्म ६ किलोमिटर सडकखण्डमा ट्राफिक सचेतनाका लागि फ्लैक्स बोर्ड लगाइएको छ।

हुलाकी सडकको किनारमा ‘ट्राफिक नियमको पालना गरौं’, ‘बिस्तारै सवारी साधन चलाऔं’, ‘गाउँ र विद्यालय क्षेत्रमा गति सीमित गरौं’ जस्ता नारा लेखिएको फ्लैक्स बोर्डहरू दुई दर्जनभन्दा बढी राखिएको प्रहरी तीर्थ श्रेष्ठले बताए। हुलाकी सडक कालोपत्र भएसँगै यस ठाउँमा सवारी दुर्घटनाको क्रम बढेको थियो।

दुर्घटना न्यूनीकरणका लागि सवारी साधन चलाउने चालकहरूलाई सचेत गराउने उद्देश्यले फ्लैक्स बोर्डहरू सडक किनारमा राखिएको अभियानका संयोजक पद्म श्रेष्ठले बताए।

स्थानीय नरबहादुर श्रेष्ठ, प्रेम श्रेष्ठलगायतको सक्रियतामा यो कार्य भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here