राधेश्याम पटेल, वीरगंज, २३ कात्तिक/

अहिले  तराई–मधेस क्षेत्रमा हर्षाेल्लासका साथ छठ पर्व मनाइँदै छ। दीपावली सकिएसँगै तराई–मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्।

अहिले वीरगंजसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् आरम्भ हुन्छ। छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलपूmल किन्नेको निकै भीडभाड देखिएको छ।

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिंघडा, मुला, अदुवाको बोट पर्छ। यस समयमा माटो तथा बाँसका सामग्रीको निकै माग हुने गर्छ।

अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन्। घाटमा लाखौं रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ। स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन शुरू गरेका छन्। हरेक ठाउँको तलाउलगायत पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा अराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ।

युवा क्लब र संस्थाको अग्रसरतामा विभिन्न पोखरी तथा सरोवर सिंगार्न जुटेका छन्। छठ पूजाका लागि व्रतालुहरू राति पूजा स्थलमैं बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिन्छन्।

विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ। सोमवारदेखि शुरू भएको पर्व अन्तर्गत बुधवार साँझ अस्ताउँदो सूर्यलाई र बिहीवार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधि सम्पन्न हुन्छ। मङ्गलवार आज खरना अर्थात् रसियावरोटी छठी मातालाई चढाउने चलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here