धेरैजसोले उच्च रक्तचापलाई नै स्ट्रोकको कारण भन्छन् तर हालै गरिएको अनुसन्धान अनुसार लो–ब्लड प्रेसर (न्यून रक्तचाप)बाट पनि स्ट्रोकको खतरा हुन्छ। बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका शोधकर्ता डा ह्युगो जे एप्रिशियाले गरेको अनुसन्धानमा न्यून रक्तचापबाट ग्रसित १० प्रतिशत रोगीमा स्ट्रोकको खतरा हुन्छ।

लो–ब्लड प्रेसर र स्ट्रोकबीचको सम्बन्ध बुझ्न वैज्ञानिकहरूले ३० जना बुजुर्गहरूको अध्ययन गरे जो इस्किमिक स्ट्रोक भोगिसकेका थिए। उनीहरूमा १८ महीना पहिले स्ट्रोकको मामिला देखिएको थियो। शोधकर्ताको भनाइ छ– उनीहरूको तथ्याङ्कले भन्छ, जसले धूमपान गर्छ, हृदयरोगी थिए वा डिमेन्शिया, क्यान्सरबाट ग्रस्त थिए, उनीहरूमा स्ट्रोकको खतरा झनै बढी थियो। उच्च रक्तचाप मात्र होइन, न्यून रक्तचाप पनि स्ट्रोकको सबैभन्दा ठूलो कारण बन्न सक्छ। शोधकर्ताको भनाइ छ–स्ट्रोकको खतराबाट जोगिन न्यून रक्तचापमाथि निगरानी राख्नुपर्छ यसको साथै रिस्क फैक्टर्सबाट पनि आपूmलाई जोगाउनुपर्छ। धूमपान गर्नुहुँदैन, स्वस्थ जीवनशैली अँगालेर हृदयरोग र क्यान्सरबाट जोगिन सकिन्छ।

न्यून रक्तचापको प्रमुख ५ लक्षण हो बेहोशी, थकान, ध्यान लगाउन नसक्नु, चीसो र रुखो छाला, सासको गति बदलिनु।

न्यून रक्तचाप सामान्य राख्नः खानामा नूनको मात्रा सामान्य राख्ने, शरीरको रक्तचाप सामFन्य राख्न नूनको मुख्य भूमिका हुन्छ। दिनभरिमा कमसेकम ८ गिलास पानी अथवा दूध, मही, जूस, लस्सी पिउँदा शरीर हाइडे«ट हुन्छ। तनाव लिनुहुँदैन, चुरोट, रक्सी वा अन्य नशालु वस्तु सेवन गर्नुहुँदैन। खानामा हरियो तरकारी र फलपूmल सामेल गर्नुपर्छ। हाइ कार्बोहाइडे«ट खाद्यान्न सेवन गर्नुहुँदैन।

उच्च र न्यून रक्तचाप नियन्त्रण गर्न योग, कसरत र फलको सेवन गर्नुपर्छ। सेतुबन्धासन र मत्स्यासन योग गर्न सकिन्छ भने साइक्लिङ, डोरीसँगै उफ्रिने र हिंडडुल गर्ने कसरत गर्नुपर्छ। त्यस्तै आहारमा चुकन्दर, गाजर, मुलेठी, चिया र अनारस सेवन गर्नुपर्छ।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here