प्रस, वीरगंज, २२ कात्तिक/

जिल्ला प्रहरी कार्यालय, बाराले १ किलो ९ सय ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

जिप्रका बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रका अनुसार कात्तिक २१ गते राति प्रहरी चौकी मटिअर्वाले कलैया उपमहानगरपालिका–१२ शीतलपुर सडकखण्डबाट बा.२५ प ११९५ को मोटरसाइकलमा सवार चाँदकिशोर र प्रभु रामलाई सो परिमाणको गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here