काठमाडौं, २२ कात्तिक/रासस
देशभर पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५०२६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १४ हजार ९२९ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ८३६ रहेको छ।
पछिल्लो समय थप ४२५ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ९५ हजार ८२२ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
थप पाँचको मृत्यु
पछिल्लो २४ घण्टामा थप पाँचजनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६५४ रहेको छ।