प्रस, वीरगंज, २१ कात्तिक/

सामुदायिक सेवा केन्द्र बिर्ताले छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

आइतवार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले छठ पर्व अबका दिनमा तराईवासीको मात्र महान् पर्व नभएर नेपालीहरूकै महान् पर्व भएको बताए। उनले पछिल्ला दिनमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालका हरेक क्षेत्रमा छठ पर्व सबै जात, समुदायले गर्दै आएकाले यसलाई नेपालीहरूको चाडको रूपमा लिनुपर्ने बताए।

प्रउ पाण्डेले सामुदायिक सेवा केन्द्रहरूलाई समुदायभित्रबाटै व्यवस्थापन र आर्थिक भार सहन हुनेगरी चेतना जागरणका कार्यहरू गर्न सुझाव दिए। केन्द्रका अध्यक्ष सालिकराम प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा डा दीपक शाक्य, वडाध्यक्षहरू जगतसाह कानू, बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, केन्द्रका पूर्वअध्यक्ष मन्सुरबाबू सिद्दिकी, सामुदायिक सेवा केन्द्र माईस्थानका अध्यक्ष विदुर गुप्तालगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा डा दिलीप चौरसिया, डा कुशराज गिरी, डा सरोज सिंहलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण केन्द्रका सचिव मुकेश सिंहले गरेका थिए।

प्रस, पोखरिया/

पोखरिया नगरपालिकाका निर्माण व्यवसायी राजेश्वर रौनियारले छठको अवसरमा चियापान कार्यक्रम गरेका छन्।

कार्यक्रममा गोवद्र्धन यादव, मुकेश कुर्मी, लालबाबू कुर्मी, राजकिशोर कुर्मी, शिवनाथ साह, मन्दीप पटेल, राजु गिरी, मनु गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले ठूला ठेकेदार कम्पनीहरूले साना ठेकेदारलाई काम गर्ने अवसरबाट वञ्चित गराएको आरोप लगाए। उनीहरूले पहुँचवालाहरूले मात्र पोखरिया नगरपालिका र गाउँपालिकाबाट ठेक्का  लिंदैआएको भन्दै यस्ता खाले विकृति रोक्न माग गरेका थिए।

उनीहरूले पोखरिया निर्माण व्यवसायी सङ्घ गठन गर्न यही कात्तिक २९ गते हुने भेलाबाट यस्ता विकृतिविरुद्ध सशक्त आवाज उठाउनुपर्ने सुझाव पनि दिए। कार्यक्रमको सहजीकरण राकेश महतोले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here