प्रस, वीरगंज, २१ कात्तिक/

नेकपा एमाले वीरगंज महानगर कमिटीको पदाधिकारी सदस्यहरूलाई आइतवार शपथग्रहण गराइएको छ।

पार्टी कार्यालय मनमोहननगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज निर्मला देवकोटाले पद तथा गोपनीयताको शपथ गराइन्।

एमाले वीरगंज महानगर कमिटीका अध्यक्ष राजेन्द्रप्रसाद यादव, उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी, सहसचिव मुना दाहाल, अनवर अलिलगायत ७१ सदस्यलाई शपथग्रहण गराइएको हो। कार्यक्रममा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, संविधानसभासदस्य बिचारी यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, वीणा शर्मा र महानगरका ३२ वटा वडा कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको उपाध्यक्ष दासले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here