संयुक्त राष्ट्रसङ्घ, १६ कात्तिक/सिन्ह्वा

विश्वका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप सहज र सुलभरूपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन् ।

उनले भने, विश्वका धनी भनिएका देशले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकले पूर्ण खोप लिएका छन् । यो संसारकै लागि लाजमर्दाे अवस्था हो, उनले भने । यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशले खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।

महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिरहेका देशलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे । महासचिव गुटेर्रेसले भने, म विश्वका धनी देशलाई यो आग्रह गर्दछु कि खोप महामारीविरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पु¥याउन सकियोस् ।

उनले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समानरूपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरू धेरै बढाउनुपर्ने अवस्था छ भने । अहिले खोप धनी देश र मध्यमवर्गीय देशमा पुगेको तर पनि गरीब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए ।

यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे । यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोप मात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here