पनामा सिटी, १३ कात्तिक/एएनआई
पनामा सिटीको एक नाइट क्लबमा स्थानीय गिरोहबीच गोली हानाहान हुँदा पाँचजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् ।
पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरे अनुसार शनिवार बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटना भएको थियो, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छजना घाइते भएका थिए ।
घटना आपराधिक गिरोहबीचको भिडन्तको परिणाम भएको जनाइएको छ । प्रहरीले यसअघि नै दुईजनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएका कार र हतियार बरामद गरेको छ । रासस