इटाली, १३ कात्तिक/एएनआई

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रवार ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनुबाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानूनी हैसियत पनि नभएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घमा ताइवानको अर्थपूर्ण सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रियास्वरूप उनले यस्तो टिप्पणी गरेका हुन् । रोममा हुने जी–२० शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् ।

मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्ने २१औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलवार संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको अर्थपूर्ण सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाड्ढो यस्तो टिप्पणी आएको हो ।

ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन्– हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तर्राष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन प्रोत्साहित गर्छौं । ताइवानका विमानस्थलमार्फत वार्षिक दशौं लाख यात्रु यात्रा गर्ने गरे पनि ताइवानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइसिएओको त्रिवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन ।

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसङ्घ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चमा सहभागी हुनबाट वञ्चित गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here