सुडानका प्रधानमन्त्री रिहा

0

खार्तुम, १० कात्तिक/एएफपी

सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डकलाई मङ्गलवार अबेर राति रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियरूपमा भएको कडा दबाबपछि उनलाई सैन्य कूबाट हटाइएको छ।

यद्यपि सेनाले हम्डकलाई ‘निकट निगरानीमा’ राखिएको बताएको छ । अन्य मन्त्री र नागरिक नेता गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ । सैन्य कूपछि अमेरिका र इयूले सुडानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपत्कालीन बैठक शुरू हुनुभन्दा अगाडि नै हम्डकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए ।बैठकअघि संयुक्त राष्ट्रसङ्घका लागि रूसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले सबै पक्षबाट हिंसा रोक्न अपील गर्नुपर्ने बताएका थिए ।

लामो समयदेखि निरङ्कुश शासक ओमार अल–बशिरलाई सन् २०१९ अप्रिल मा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिक बीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणाम नै यो ‘कू’ भएको बताइन्छ ।

गत सोमवार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौं नेतालाई गरिफ्तार गरेको थियो । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको विदेशी सञ्चारमाध्यमद्वारा जारी समाचारमा जनाइएको थियो ।

सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपछि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएका थियो । नागरिक अगुवासमेत सम्मिलित सुडानी सरकार र सेनाबीचमा पछिल्लो केही समयदेखि सम्बन्धमा तिक्तता आएको थियो । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here