तालिबानीहरूसँग भेटवार्ता लाभदायक –चिनियाँ विदेशमन्त्री

0

दोहा, १० कात्तिक/सिन्ह्वा

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरूसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा वृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् ।

विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए । उनले मङ्गलवार भएको भेटमा द्विपक्षीय भेटका क्रममा आपसी विश्वासमा वृद्धि हुनुका साथै कतिपय विषयमा स्पष्ट छलफल भएको बताए ।

भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाबारे कुराकानी भएको बताइएको छ । सो भेटमा तालिबानीहरूले आफ्नो सरकारको नीतिबारे विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमीर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतङ्ककारी गतिविधिमा निगरानी राख्ने र मानव अधिकारका पक्षमा काम गर्ने बताएका थिए ।

हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ ।

यस विषयमा अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट पारेका थिए । उनले हाल अफगानिस्तानले महिला अधिकार, बाल अधिकारका साथै बालबालिकाको अवस्थाबारे पनि निकै चनाखो भएर काम गरेको बताएका थिए । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here