महिलाहरू आफ्नो उमेरभन्दा धेरै ठूला पुरुषहरूप्रति आकर्षित हुनु कुनै आश्चर्यको कुरा होइन । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि बढी उमेरका पुरुषहरू कस्ता महिलाहरूप्रति आकर्षित हुन्छन् ? यो स्पष्ट छ कि एक उमेरपछि, रूप प्रमुख प्राथमिकतामा रहँदैन ।

बढ्दो उमेरमा पुरुषले पनि महिलाले जस्तै माया, विश्वास र सुरक्षाको बारेमा सोच्न थाल्छन् । पुरुषहरू पनि महिला जस्तै सम्मान पाउन चाहन्छन् । यस सम्बन्धमा टाइम्स अफ इन्डियाले एक रिलेसनशिप सर्भे गरेको छ, जसमा निकै रोचक कुराहरू बाहिर आएका छन् । एक उमेरपछि पुरुष कस्ता महिलाप्रति बढी आकर्षित हुन्छन् ।

एक निश्चित उमेरपछि पुरुषहरू फुर्तिलो र जीवन्त महिलाहरूप्रति बढी आकर्षित हुन्छन् । उनीहरू धेरै हँसिलो र खुशी हुने महिलाहरू मन पराउँछन्, जसले गर्दा वरपरको वातावरणमा पनि खुशियाली छाओस् ।

४० वर्ष उमेरका पुरुषहरू यस्ता महिलाहरू मन पराउँछन्, जसले सुरक्षाको अनुभूति गराओस् । जसको काँधमा टाउको राखेर दुःख बाँड्न सकियोस् । उनीहरू माया गर्ने, हेरचाह गर्ने महिलाहरूलाई बढी मन पराउँछन् ।

केटाकेटीलाई माया गर्ने र बालबालिकासँग समय बिताउन चाहने महिलाहरूप्रति पुरुषहरू बढी आकर्षित हुन्छन् । पुरुषहरू विश्वास गर्छन् कि त्यस्ता महिलाहरू सहयोगी हुन्छन् ।

कतिपय पुरुषलाई ती महिलाहरू मन पर्छन्, जो रहस्यमयी र चाखलाग्दा हुन्छन् । त्यस्ता महिलाहरू आफ्नोबारेमा धेरै खुलासा गर्दैनन् तर अगाडिको व्यक्तिले आफूलाई माया गरोस् भन्ने चाहन्छन् ।

कतिपय पुरुष कम उमेरका महिलाहरूलाई डेट गर्न रुचाउँछन् । यसो गरेर उनीहरू आफ्नो युवावस्थालाई फेरि जीवन्त पार्न चाहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here