हिमालयन डिस्टिलरीमा काङ्ग्रेस निकट श्रमिक सङ्घका एकाइ अध्यक्ष यादव विजयी

0

प्रस, परवानीपुर, १० कात्तिक/

वीरगंज–२१ लिपनीबिर्ताको पटेलनगरस्थित हिमालयन डिस्टिलरी लिमिटेडमा बुधवार भएको आधिकारिक ट्रेड युनियनको चुनावमा नेपाली काङ्ग्रेस निकट नेपाल कारखाना श्रमिक सङ्घ विजयी भएको छ ।

नेकपा एमालेनिकट जिफन्ट ट्रेड युनियनलाई १२ मतले पराजित गर्दै कारखाना श्रमिक सङ्घ विजयी भएको हो । जिफन्टको तर्फबाट एकाइ अध्यक्ष पदमा चुनाव लडेका मनोज पटेललाई पराजित गर्दै श्रमिक सङ्घको एकाइ अध्यक्षमा सुखाडीप्रसाद यादव विजयी भएको निर्वाचन अधिकृत तथा श्रम कार्यालय वीरगंजका निमित्त प्रमुख सुन्दर श्रेष्ठले जानकारी गराए ।

कुल १८८ मतदातामा दुई मत बदर भएको थियो भने यादवको पक्षमा ९९ र पटेलको पक्षमा जम्मा ८७ मत परेको नेपाल कारखाना श्रमिक सङ्घ एकाइ सदस्य सन्तोषकुमार कुर्मीले जानकारी गराए।

गोल्डेन ओक उत्पादन गर्ने उद्योग हिमालयन डिस्टिलरी पहिले बहुराष्ट्रिय उद्योगमा चिनिन्थ्यो ।
सिग्रामको रोयल स्टेग उत्पादन बन्द भएपछि अहिले नेपाली स्वदेशी उद्योग हो । यसले रोयल ट्रिजर पनि उत्पादन गर्छ ।

यसअघि पनि नेपाल कारखाना श्रमिक सङ्घ नै दुई वर्षको लागि आधिकारिक ट्रेड युनियनमा चुनाव जितेर मजदूरहरूको हकअधिकारको पक्षमा काम गरी उद्योग निरन्तर चलाएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here