नगरप्रमुखद्वारा पक्की भवन शिलान्यास

0

प्रस, गरुडा, ९ कात्तिक/

रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले विद्यालय भवनको शिलान्यास गरेका छन् । गढीमाई नपा–१ समनपुर बजारमा रहेको शङ्कर गुदर माध्यमिक विद्यालयको चार कोठे पक्की भवनको नगरप्रमुख यादवले मङ्गलवार शिलान्यास गरेका हुन् ।

प्राविधिक धार र कक्षा १२ सम्म सञ्चालनमा रहेको विद्यालयमा भवन अभावमा पठनपाठन प्रभावित भइरहेको अवस्थामा चार कोठे पक्की भवनको निर्माण सम्पन्न भएपछि प्रयोगात्मक कक्षा तथा पुस्तकालयसमेत सञ्चालनमा सजिलो हुने प्रधानाध्यापक देवेन्द्र साहले बताए ।

प्रदेश सरकार र गढीमाई नगरपालिकाको संयुक्त सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो। विद्यालय भवन निर्माणको लागि आवश्यक सबै कानूनी प्रक्रिया पूरा भएर निर्माणको चरणमा प्रवेश गरिसकेको सो अवसरमा जानकारी गराइएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here