वीरगंजमा परिक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरू

0

प्रस, परवानीपुर, ९ कात्तिक/
प्रदेश २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले परीक्षणकालीन चालक अनुमतिपत्र वितरण कार्य शुरू गरेको छ ।

गत असोज १० गतेदेखि चालक अनुमतिपत्रको सबै परीक्षा पास गरेका आवेदकहरूलाई रसिद काटेको केही मिनेटमैं परीक्षणकालीन चालक अनुमतिपत्र वितरण गरिरहेको कार्यालय प्रमुख सुशीलकुमार साहले जानकारी गराए ।

हालसम्म २४० जनालाई कार्यालयबाटै एक वर्ष म्याद रहने परीक्षणकालीन अनुमतिपत्र वितरण गरिसकेको र बाँकी उत्तीर्ण आवेदकलाई लाइसेन्स वितरण गर्ने कार्य भइरहेको बताए । यसअघि ट्रायल परीक्षा पास गरेका, प्रतिलिपि लिन खोजेका वा नवीकरण गराउन आउने सेवाग्राहीले एक वर्षसम्म लाइसेन्स नपाउने समस्या हल गर्न नेपाल सरकारले यस्तो प्रणाली लागू गरेको छ ।

अहिले काठमाडौं जिल्लामा दुई, ललितपुरमा एक, भक्तपुरमा एक गरी राजधानीमा चार कार्यालयबाट, प्रदेश १ को इटहरी र बिर्तामोड, प्रदेश २ को लहान, जनकपुर, बर्दिबास र वीरगंज, वाग्मतीको बागलुङ, पोखरा र कावासोती, लुम्बिनीको बुटवल र नेपालगंज तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट प्रिन्टर राखेर परीक्षणकालीन चालक अनुमतिपत्र प्रिन्ट गरी दिने गरिएको जनाइएको छ । कोरोना महामारीको कारण विगत दुई वर्षदेखि चालक अनुमतिपत्र पाउने सेवा प्रभावित भएको छ ।

यातायात व्यवस्था कार्यालय वीरगंजले हालसम्म यातायात व्यवस्था विभागलाई १ लाख ८० हजार ९६३ जनाको लाइसेन्स प्रिन्ट गर्न अनुरोध गरेकोमा हालसम्म ४९ हजार १७३ जनाको लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । प्रिन्ट भएकामध्ये करीब १५ हजार लाइसेन्स कार्यालयले बाँडिरहेको बुझिएको छ ।

लामो समयसम्म लाइसेन्स प्रिन्ट नहँुदा ट्रायल पास गरेर पनि पटक–पटक कार्यालयमा धाइराख्ने समस्या यथावत् रहेको छ । लाइसेन्स नहँुदF बाटोमा ट्राफिक प्रहरीले दुःख दिने गरेको र रकम माग्ने गरेको सेवाग्राहीको गुनासो बढ्दै गएपछि यातायात व्यवस्था विभागले परीक्षणकालीन चालक अनुमतिपत्रको अवधारणा ल्याएको हो ।

छ महीनापछि खुल्यो लाइसेन्स प्रक्रिया

यातायात व्यवस्था विभागले कात्तिक ८ गते रातिदेखि अनलाइन लाइसेन्स भर्ने प्रक्रिया शुरू गरेको छ। कोरोना महामारी कम भएपछि विभागले प्रक्रिया शुरू गरेको हो ।

विभागको साइटमा गएर नयाँ वा थप वर्ग, कुन कार्यालयबाट लाइसेन्स आवेदन गरिएको तथा आफ्नो व्यक्तिगत विवरण र कागजात राखेपछि सम्पर्क मितिसहितको जानकारीपत्र पाइन्छ । सोही अनुसार सम्बन्धित कार्यालयमा उक्त मितिमा गएर बायोमेट्रिक, स्वास्थय परीक्षणपछि लिखित र ट्रायल परीक्षा हुने व्यवस्था छ ।

ट्रायल परीक्षा पास गरेपछि वर्ग अनुसारको रसिद काटेर सोही दिन परीक्षणकालीन र एक वर्षपछि स्थायी लाइसेन्स वितरण गर्ने विभागको लक्ष्य छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here