पत्रकारहरूको न्यायाधीश नागरिक समाज –सचिव चौलागाईं

0

प्रस, रौतहट, ९ कात्तिक/

नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईंले पत्रकारहरूको न्यायाधीश नागरिक समाज भएको बताएका छन् । ग्रामीण विकास केन्द्रद्वारा गौरमा आयोजित पत्रकार सम्मान कार्यक्रममा बोल्दै सचिव चौलागाईंले नागरिक समाजले हामी पत्रकारका लेखन र सत्यतथ्यबारे बुझ्ने गरेको बताए । नागरिक समाजको सल्लाह र सुझाव अनुरूप नै पत्रकारहरू अघि बढ्ने गरेको उनले स्पष्ट पारे ।

विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा व्यवस्थापक पक्षसँग छलफल भएको बताउँदै उनले कोरोनाको समयमा पेशाबाट विस्थापित भएका पत्रकारलाई स्थापित गराउन र पारिश्रमिक दिलाउन पहल भइरहेको बताए । नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधनले पत्रकारजगत् शोकमा रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नागरिक समाज गौरका अध्यक्ष जगरनाथ केशरी, नेपाल पत्रकार महासङ्घ प्रदेश सदस्य शैलेन्द्र झा, जिल्ला अध्यक्ष प्रेमचन्द्र झा, पत्रकार प्रभात झा, बिना राउतलगायतले पत्रकार हकहितबारे चर्चा गरेका थिए ।

ग्रामीण विकास केन्द्रले पत्रकार शिव पुरी, प्रभात झा, फणि महत, राकेश यादव, शैलेन्द्र गुप्ता, बिना राउत, सञ्जय मिश्रलाई रु पाँच हजार एक सय नगदसहित सम्मानपत्रबाट सम्मानित गरेको थियो । महिला हिंसा, बालबालिकाको हकहितमा समाचार सम्प्रेषण गरेबापत सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here