लागूऔषधसहित दुईजना युवक पक्राउ

0

प्रस, वीरगंज, ८ कात्तिक/

जिल्ला प्रहरी कार्यालय, पर्साले आइतवार पौने १२ बजे राति नेपाली नम्बरको कारबाट लागूऔषध बरामद भएपछि दुईजना युवकलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले वीरगंज महानगरपालिका–१६ जय माँ वैष्णोदेवी मन्दिरअगाडिबाट बा.४च १०२१ नम्बरको इन्डिका कार चेकजाँच गर्ने क्रममा सिटमुनि कार्टुनमा प्याक गरिराखेको विनसिरेक्स सिरप र नाइट्रोभेट ट्याब्लेट बरामद भएको बताए ।

विनसिरेक्स सय एमएलको २३७ बोतल र नाइट्रोभेट ट्याब्लेट छ सय थान बरामद भएको उनले बताए । प्रनाउ खनालले हेटौंडा उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा पक्राउ परेको बताए । पक्राउ परेकाविरुद्ध लागूऔषधविरुद्धको मुद्दामा कारबाई शुरू गरिएको उनले जानकारी दिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here