बाल अधिकारको सवालमा सङ्घ र स्थानीय तह गैरजिम्मेवार –मन्त्री सिंह

0

प्रस, वीरगंज, ७ कात्तिक/

प्रदेश २ का महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विनोद सिंहले बाल अधिकारको विषयमा प्रदेश सरकार गम्भीर रहेको दाबी गरे । जिल्ला समन्वय समिति पर्सामा आइतवार जिल्ला बाल क्लब समन्वय सञ्जालको प्रथम भेलाको उद्घाटन गर्दै मन्त्री सिंहले बाल अधिकार रक्षाको लागि प्रदेश सरकारले हरसम्भव प्रयत्न गर्ने बताए ।

उनले केन्द्रीय सरकारसँग सहकार्य गरेर बाल अधिकार सुरक्षाको लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन थालेको जानकारी पनि गराए । उनले बाल अधिकारको सुरक्षा गर्न स्थानीय तहले चासो नदेखाएको आरोेप लगाए । उनले परिवार, छिमेकीलगायतबाट हिंसामा परेका बालबालिकाहरूलाई न्याय दिने सवालमा सङ्घ सरकारले पनि चासो नराखेको दुःखेसो पोखे ।

कार्यक्रममा वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले हिंसा र पीडामा परेका बालबालिकाहरूलाई महानगरपालिकाले उद्धार गर्दै आएको बताए । उनले होटलमा काम गर्ने, सडकपेटीमा जीविकोपार्जन गर्नेहरूको पनि उद्धार गरेर महानगरपालिकाले परिवारको जिम्मा लगाउँदै आएको बताइन् ।

अर्जुन साहको अध्यक्षतामा भएको भेला उद्घाटन समारोहमा पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, बृजमोहन तिवारी, मुकेश साह, देवनाथ ठाकुर, रफी साहलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण बाल सञ्जालकी मान्सी साहले गरेकी थिइन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here