प्रस, परवानीपुर, ६ कात्तिक/

मध्य तराईकै सबैभन्दा पुरानो आँखा अस्पताल केडिया आँखा अस्पताल परवानीपुरको आँखा उपचार केन्द्र विस्तार गरिएको छ । पर्सा, बहुदरमाई नपा–४ डोकैला बहुअरी चोकमा शनिवारदेखि केन्द्र सञ्चालनमा आएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बहुदरमाई नपाका प्रमुख नितेन्द्र साह तेलीले केन्द्रको उद्घाटन गरेका थिए । सो अवसरमा निश्शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा सो क्षेत्रका करीब तीन सयजनाको आँखा परीक्षण गरिएकामा ६० जनामा मोतीबिन्दु फेला परेको थियो। मोतीबिन्दु हुनेको निश्शुल्क शल्यक्रिया गर्ने अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार वर्माले जानकारी गराए ।

नेपाल नेत्र ज्योति सङ्घका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको सभापतित्व एवं अस्पतालका प्रशासन सहायक अरुणकुमार महतोको सहजीकरणमा सम्पन्न कार्यक्रममा बहुदरमाई नपाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेती, शिक्षा महाशाखा प्रमुख अशोक रौनियार, नेपाल नेत्र ज्योति सङ्घ पर्साकी सभापति मधु राणा, ६१ पटक रक्तदान गर्ने स्थानीय समाजसेवी चोकट सिंहलगायतको सहभागिता थियो ।

आँखा शिविरमा नेत्र अधिकृत मोहन महतो, कौशलकुमार कर्ण, नेत्र सहायक आशा साह, राजेश यादव र निशा न्यौपानेले सहजीकरण गरेका थिए । यसअघि अस्पतालको आँखा उपचार केन्द्र वीरगंजको तेजारथ टोल, भिस्वा, डोकैला बहुअरी, बाराको कोल्हवी, निजगढमा गरी पाँच ठाउँमा सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here