प्रस, जनकपुरधाम, ५ कात्तिक/

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकान इन्टरनेशनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सहभागिता थियो ।

भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गेज खण्डलाई ब्रोड गेजमा रूपान्तरण कार्य सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री यादवले नेपाल र भारतीबीचको सम्बन्ध ऐतिहासिक रहेको बताइन् । उनले जयनगर–कुर्थाका साथै बर्दिवाससम्म पु¥राउने कार्यलाई तीव्रता दिइने बताएकी छन् ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतबीचको सहकार्यलाई सदैव निरन्तरता दिने बताए । नेपालमा रेलसेवा विस्तारका लागि पनि भारतले सहयोग गर्ने उनले बताए । भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैयाँमा ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड निर्माण भएको हो । जयनगर–कुर्था खण्डमा कुल आठवटा स्टेशन र साना स्टेशन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here