प्रस, वीरगंज, ४ कात्तिक/

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेकपा एमालेले जनताका समस्याहरूलाई समाधान गर्न आवाज उठाउँदै आएको बताएका छन् । नेकपा एमाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ को वडा अधिवेशनको इनर्वासिरामा उद्घाटन गर्दै नेता पौडेलले जनताको समस्या एमालेले नै समाधान गर्ने बताए । उनले एमालेलाई विरोधीहरूले चौतर्फी घेराबन्दी गर्न लागेको बताए ।

नेता पौडेलले गाउँमा विकास गर्ने पार्टी एमाले रहेको बताए । उनले ज्येष्ठ नागरिकलाई भत्ता, शोषित पीडित जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले रहेको बताए । एमाले बाराका अध्यक्ष देवनारायण चौधरीले एमालेलाई बारा जिल्लाको सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, एमाले बारा क्षेत्र नं ४ का संयोजक मनोज पौडेल, उपप्रमुख सरस्वतीदेवी चौधरीलगायतले मन्तव्य राखेका थिए । वडा कमिटीका अध्यक्ष सुधनदास तत्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन चन्द्रकान्त उपाध्याय र स्वागत रमेश चौधरीले गरेका थिए ।

अधिवेशनले सुधनदास तत्माको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष रामनाथ राउत कुर्मी, सचिव रामप्रसाद चौधरी र उपसचिवमा मन्जुर अन्सारी तथा कमल चौधरी छन् ।

यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिका–२० मा लालजी ठाकुरको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसमा सचिव चन्द्रकान्त उपाध्याय, सहसचिव नहकुल सिंह र सदस्यहरूमा भैयाराम सहनी, उत्तम पौडेल, मोजहर अन्सारी, नन्दकिशोर कामीलगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here