प्रस, वीरगंज, ५ कात्तिक/

आइटी आर्मी किसान सङ्घर्ष समितिले शुक्रवार सात सूत्रीय मागसहित प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।

हालै परेको अविरल वर्षाको कारण धानखेतीमा क्षति भएको र उचित क्षतिपूर्तिको मागसहित अनुदान व्यवस्था गर्न माग गर्दै प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा राहत, क्षतिपूर्ति दिनुपर्ने, कृषि बीमा लागू गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था, ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी, कृषि ऋण सहज, मलखाद तथा भण्डारणको व्यवस्थालगायतका माग उल्लेख छन् ।

आइटी आर्मीका जिल्ला अध्यक्ष सन्तोष पटेल नेतृत्वको टोलीले प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रस, रौतहट/

आइटी किसान सङ्घर्ष समिति रौतहटले विभिन्न माग राख्दै आज जिल्ला प्रशासन कार्यालय, गौरमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा नेपालको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ सङ्ख्या ओगटेको श्रमवीर किसानहरू देशको अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ योगदान गर्दै आएकोमा हालै परेको अविरल वर्षाले धानबालीमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

गत साता अविरल वर्षा तथा हावाहुरीका कारण किसानले लगाएको धानबाली नष्ट भएकोले क्षतिपूर्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here